‘डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने’ प्रस्तावको विरोध


प्रकाशित मिति : आश्विन ४, २०७४ बुधबार

सरुवा रोग अस्पताल
नेपाल चिकित्सक संघले सरकारले निर्णय फिर्ता नलिए विरोध कार्यक्रम थाल्ने जनाइसकेको छ।

“चिकित्सकको लापर्बाहीले” बिरामीको मृत्यु भएमा सम्बन्धित डाक्टरले नै क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था गरी कानून बनाउन मन्त्रिपरिषद्ले दिएको निर्देशनप्रति स्वास्थ्य मन्त्रीले असन्तोष व्यक्त गरेका छन्।

यसअघि नै त्यससम्बन्धी स्पष्ट ऐन बनिसकेको भन्दै स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले डाक्टरहरुसँग परामर्श गरेर अघि बढ्ने बताएका छन्।

डाक्टरहरुको संस्था नेपाल चिकित्सक संघले भने निर्णय फिर्ता नलिए राष्ट्रव्यापी आन्दोलन थाल्ने चेतावनी दिएको छ।

२०६६ सालमा पोखरेल स्वास्थ्य मन्त्री भएको बेला बनेको स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनमा उपचारमा गल्ती भएको प्रमाणित भएमा स्वास्थ्य सुरक्षा समन्वय समितिले त्यसको खर्च व्यहोर्ने बेहोर्ने उल्लेख छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर “चिकित्सकको लापर्बाहीका कारण” बिरामीको मृत्यु भएको भनिएका घटना बढ्न थालेपछि मन्त्रिपरिषद्ले डाक्टरबाट क्षतिपूर्ति भराउने खालको कडा कानून बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

विरोध

स्वास्थ्यमन्त्री पोखरेलले भने मन्त्रिपरिषद्को निर्णयबारे जानकारी नभएको बताउदै भने, “अहिले कुन सन्दर्भमा मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयलाई यो निर्देशन दिनुपर्ने स्थिति आयो भन्ने विषयको समग्रतामा छलफल नगरी हुँदैन। मन्त्रालयमा बैठक राखेपछि मात्र के गर्ने भन्नेबारे निर्णय गर्छु।”

सरकारलाई ७२ घण्टाभित्र निर्णय फिर्ता लिन चेतावनी दिएको नेपाल चिकित्सक संघले भने निर्णय फिर्ता नलिए शुक्रबारबाटै देशभरका बिरामीको उपचार नगर्ने जनाइसकेको छ।

चिकित्सकहरुको नियमनकारी निकाय नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य सेवा प्रभावित हुनुपूर्व नै समस्या सुल्झाउनुपर्ने जनाएको छ।

मुद्दा

सरकारी कदमलाई अदूरदर्शी बताउदै काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटाले भने, “यो हिसाबले भोली कुनै पनि डाक्टरले काम गर्न सक्दैन। हो मान्छेले गल्ती गर्छ भने छानबिन हुन्छ। त्यसको सजाँय दिने आफ्नै प्रकृया छ। यदि डाक्टरलाई त्यस्तो कानून लगाउने हो भने सबैलाई लगाउनुपर्छ। सरकारलाई पनि।”

पछिल्ला समयमा “चिकित्सकको लापर्बाही” विरुद्ध अदालतमा मुद्दा हाल्ने क्रम बढेको देखिन्छ।

यद्यपी गल्ती गर्ने चिकित्सकको लाइसेन्स् समेत खारेज गर्ने अधिकार पाएको मेडिकल काउन्सिलले भने निकै कमैलाई मात्र कारबाही गर्ने गरेको छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com