विद्यार्थी बलात्कारको अभियोगमा नेपाली विद्यार्थी सुजन तामाङ (१९) न्युयोर्क प्रहरीको हिराशतमा


प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार

man in black jacket and blue denim jeans standing on gray concrete stairs

मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा अध्ययनरत विद्यार्थी बलात्कारमा संलग्न भएको अभियोगमा फरार १९ बर्षका नेपाली विद्यार्थी सुजन तामाङलाई न्युयोर्क सिटी प्रहरीले हिराशतमा लिएको छ । उनले न्युयोर्क प्रहरी समक्ष आत्मसमर्पण गरेको र उनलाई मिनेसोटा सुपुदर्गी गर्ने तयारी भइरहेको सेन्ट क्लाउड प्रहरी विभागले खसोखासलाई जानकारी दिएको छ । उनीविरुद्ध देशब्यापी वारेन्ट जारी गरिएको थियो ।

अर्का अभियुक्त २० बर्षका दिपक फयाललाई प्रहरीले पक्राउ गरिसकेको छ ।  फयाललाई क्यालिफोर्नियामा पक्राउ गरिएको भोलिपल्ट तामाङले न्युयोर्क प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।  गत बिहिबार क्यालिफोर्नियामा फ्रिमोन्ट प्रहरी विभागको स्ट्रीट क्राइम्स युनिटले फयाललाई पक्राउ गरिसकेको छ भने मिनेसोटा सुपुदर्गी गर्ने तयारी भएको छ । त्यसै क्रममा फयाललाई बिहिबार विहान अदालतमा पेश गरिदैछ । अदालतको रेकर्ड अनुशार उनलाई ईस्ट काउन्टी हल अफ जस्टिसमा बुधबार विहान ९ बजे पेश गरिदैछ ।

फ्रिमोन्ट जेलका अनुशार फयाललाई गत बिहिबार बेलुका ५ बजेर २० मिनेटमा पक्राउ गरिएको हो । बेलुका ८ बजेर ३५ मिनेटमा जेलका लागि बुक गरिएको थियो । फयाललाई मिनेसोटा पठाउनु अगाडि सान्तारिता जेलमा राखिएको छ । जेल रेकर्ड अनुशार फयालले मिनेसोटाको घटनापछि कलेज ट्रान्सफर गरेको देखिएको छ । उनी पछिल्लो समय सान फ्रान्सिस्को बे युनिभर्सिटीमा अध्ययनरत रहेको जनाइएको छ ।

फयाललाई कुनै घटना विना नै हिरासतमा लिइएको थियो। सेन्ट क्लाउड प्रहरीले फयाललाई मिनेसोटाको स्टेर्न्स काउन्टीमा सुपुर्दगी गर्नका लागि हाल क्यालिफोर्नियामा राखिएको जनाएको हो । ५ फिट ९ इन्च उचाई र १४५ पाउण्ड तौल रहेका फयाललाई अन्य एसियनको रुपमा सुचित गरिएको छ । फयाल गतबर्षको जुनमा २० बर्ष पुगेका थिए ।

गत नोभेम्बर १ मा राति मिनेसोटाको सेन्ट क्लाउडको फस्ट एभेन्‍यु साउथमा भएको बलात्कारको घटनामा उनीहरु संलग्न भएको अभियोग लगाइएको छ । फयालविरुद्ध पहिलो र तेस्रो डिग्री आपराधिक यौन दुर्व्यवहार, साथै पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको आरोप लगाइएको छ। तामाङविरुद्ध भने पहिलो डिग्री आपराधिक यौन दुर्व्यवहारमा सहयोग गरेको दुईवटा आरोप र चौथो डिग्री आपराधिक यौन दुर्व्यवहारको एक आरोप लगाइएको छ। उनीहरुविरुद्ध देशव्यापी पक्राउ वारेन्ट पनि जारी गरिएको थियो ।

उनीहरुले सेन्ट क्लाउड स्टेट युनिभर्सिटीकी एक महिला विद्यार्थीलाई बलपूर्वक उनको छात्रावास कोठामा लगी बलात्कार गरेको अभियोग लगाइएको छ । उजुरीअनुसार पीडितले उक्त आक्रमणबारे प्रहरीलाई जानकारी गराएकी थिइन् । सार्वजनिक सुरक्षाका अधिकारीहरूले फयाल र तामाङलाई संदिग्धको रूपमा पहिचान गरेका थिए।

बलात्कार घटनाको केही घण्टापछि फयालले पीडितलाई इन्स्टाग्राममार्फत सन्देश पठाएर उनको अवस्थाबारे सोधेको उजुरीमा उल्लेख छ । पीडितको चिकित्सा परीक्षणका क्रममा संकलित डीएनए नमूना फयाल र तामाङ दुवैसँग मिलेको उजुरीमा उल्लेख छ।

मिनेसोटाको सेन्ट क्लाउड स्टेट युनिभर्सिटीले उनीहरु दुबैजना नेपाली विद्यार्थी रहेको र फल सेमेस्टरका लागि भर्ना भएको तर स्प्रींङ सेमेस्टरका लागि भने भर्ना नभएको खसोखासलाई जानकारी दिएको छ । घटनाको बखत उनीहरु सेन्ट क्लाउड स्टेट युनिभर्सिटीमा नै अध्ययनरत थिए । उनीहरु दुबैजना अगस्तदेखि डिसेम्बरसम्म उक्त युनिर्सिटीमा अध्ययन गरिरहेका थिए । तर घटनापछि फयालले मिनेसोटा छाडेर क्यालिफोर्निया गई सान फ्रान्सिस्को बे युनिभर्सिटीमा भर्ना भएको देखिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com