अमेरिकी सैन्य सहायता रोकिएपछि झस्कियो युक्रेन


प्रकाशित मिति : फाल्गुन २०, २०८१ मंगलबार

APTOPIX Britain Ukraine Summit

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोक्ने निर्णय गरेपछि युक्रेनी नेताहरू आक्रोशित बनेका छन्। युक्रेनी नेताहरु यसलाई खतरनाक अवस्था भन्दै चाँडै नै गम्भीर परिणामहरू देखिने चेतावनी समेत दिएका छन् ।

युक्रेनी संसद्को वैदेशिक मामिला समितिका प्रमुख ओलेक्सान्द्र मेरेझ्कोले बीबीसीसँग कुरा गर्दै यसको चाँडै नै गम्भीर परिणाम देखिने बताए । उनले भने, ‘हामी चाँडै नै गम्भीर र खतरनाक परिणामहरू देख्नेछौँ ।’ उनले केही दिनभित्रै युद्धको मैदानमा यसको असर देखिने समेत जिकिर गरे ।

मंगलबार बिहान युक्रेनले अमेरिकाले सैन्य सहायता पुनरावलोकन गर्दै रोकिएको खबर पाएको थियो । व्हाइट हाउसका एक अधिकारीले बीबीसीसँग कुरा गर्दै भने, ‘राष्ट्रपतिले शान्तिमा केन्द्रित रहने स्पष्ट बताइसकेका छन्। हामी हाम्रो साझेदारहरूलाई पनि त्यही लक्ष्यमा प्रतिबद्ध रहन चाहन्छौँ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबारे कुनै टिप्पणी गरिसकेका छैनन्। तर, युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले आफ्नो देश अमेरिकासँग सहकार्य गर्न इच्छुक रहेको बताउँदै अमेरिकाद्वारा हालसम्म दिइएको समर्थनको कदर गर्ने बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर, केही युक्रेनी सांसदहरूले यो निर्णयलाई विनाशकारी रूपमा चित्रण गरेका छन् । सांसद मेरेझ्कोले भने, ‘हामीलाई अमेरिकी हतियार र समर्थनको अति आवश्यक परेको बेला सहायता रोक्नु भनेको रुसको पक्षमा उभिनु हो।’

उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आग्रह गर्दै भने, ‘कृपया, यी खतरनाक मुद्दाहरूमा खेलबाड नगर्नुहोस्, किनकि यहाँ हजारौँ मानिसहरूको ज्यानको सवाल छ।’

सांसद ओलेक्सीय होन्चरेन्कोले सैन्य सहायता रोक्ने निर्णयलाई पूर्वानुमानित विपत्ति भन्दै भने, ‘सबै कुरा गुमिसकेको छैनौँ ।’

युक्रेनी यूरी कास्यानोभले भने, ‘रूजवेल्ट र चर्चिल आफ्नो चिहानमा नै पल्टिरहेका छन्। अमेरिका अब विश्वव्यापी दुष्टतासँग मिलेको छ।’

अन्य एक ब्लगर लियोनिड शेभेतले व्यङ्ग्यात्मक रूपमा लेखे, ‘धन्यवाद अमेरिका ! तपाईँहरू पूर्ण रूपमा पागल हुनुभएको छ।’

बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले प्रत्यक्ष रूपमा केही प्रतिक्रिया नदिए पनि उपप्रधानमन्त्री एन्जेला रेयनरले बीबीसी रेडियो ४ लाई भनिन्, ‘यो अमेरिकी नीतिको विषय हो । हामी युक्रेनलाई समर्थन गर्न केन्द्रित छौँ।’

फ्रान्सका युरोप मन्त्री बेन्जामिन हद्दादले भने, ‘सैन्य सहायता रोक्दा शान्ति टाढा जान्छ, किनकि यसले रुसलाई मात्र बलियो बनाउँछ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com