ट्रम्पले खारेज गर्न खोजेको शिक्षा मन्त्रालयमा सिनेटले गर्यो मन्त्रीको अनुमोदन


प्रकाशित मिति : फाल्गुन १९, २०८१ सोमबार

अमेरिकी सिनेटले लिंडा म्याकाहोनलाई शिक्षा मन्त्रीको रुपमा अनुमोदन गरेको छ । अर्बपति दाता एवं कुस्ती उद्योगका पूर्व कार्यकारी म्याकमाहोनलाई सिनेटले ५१ मतले अनुमोदन गरेको हो ।

उनको विपक्षमा ४५ मत परेको थियो । सिनेटमा रिपव्लिकनहरुको बहुमत छ । शिक्षा मन्त्रालयलाई व्यबस्थापन गर्नका लागि तुरुन्तै बन्द गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउदै आएका छन ।

शिक्षा मन्त्रालय खारेज गर्ने ट्रम्पको योजना सुनेपछि त्यहाँ कार्यरत कर्मचारीहरुमा अन्यौलता छ । शिक्षा मन्त्रालयलाई खारेज गर्ने योजना राष्ट्रपति ट्रम्पले ओभल हाउसमा पत्रकारहरुलाई सुनाएका थिए ।

तर संघीय संरचनालाई खारेज गर्ने अधिकार कंग्रेससँग मात्र रहेको छ । कंग्रेसमा रिपव्लिकनहरुकै बहुमत भएका कारण खारेज हुने संभावना पनि बलियो रहेको छ ।

कंग्रेसको सहयोग बिना शिक्षा मन्त्रालय बन्द गर्न नसकिनेमा नव अनुमोदित मन्त्री म्याकहोन पनि जानकार छिन ।

एलन मस्कको दक्षता टोलीले सरकारको शिक्षा अनुसन्धान संरचना भंग गरिसकेको छ । यसका कारण विद्यार्थी ऋण तथा पुन भुक्तानीका योजनाहरु रोरिएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com