किन अमेरिकाले रुसबिरुद्धका साइबर आक्रमण स्थगित गर्यो ?
प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

अमेरिकाले रुसबिरुद्धको साइबर आक्रमणलाई स्थगित गरेको छ । रक्षा मन्त्री पीट हेगसेथले अमेरिकी साइबर कमाण्डलाई रुसबिरुद्धका कुनैपनि आक्रामक गतिबिधि स्थगित गर्न निर्देशन दिएका हुन ।
स्थगन केहिले सम्म र के कारणले गरिएको हो भनेर नबताइएको भएपनि स्थगत गर्न भने भनिएको विभिन्न सञ्चार माध्यमहरुले बताएका छन ।
राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि बदलिएको विदेश नीतिलाई सहयोग पुग्ने गरी रक्षा मन्त्रीले यो निर्देशन दिएको हुनसक्ने बताइएको छ ।
दुबै देशले रूस युक्रेन युद्धको अन्त्यको लागि वार्ता गर्न कोसिस गरिरहेका छन् । राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेन्स्की बीच ओभल अफिसमा भएको तनावपूर्ण वार्तापछि अमेरिकी पछिल्लो निर्णय आएको हो ।
राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले रक्षा मन्त्रीको उक्त निर्देशनको बारेमा थाहा नभएको बताएका छन् । उनले यो विषयमा आफुसँग कुनै कुरा नभएको बताए ।
कतिपयले अमेरिकाले रुससँग बढाइरहेको निकटता आश्चर्यजनका भएको बताउदै आएका छन । युरोपेली देशले भ्लादिमिर पुटिनले कुनै दिन ट्रम्पलाई धोखा दिने भन्दै सचेत गराइरहेका छन ।