युक्रेनलाई युरोपले ५ हजार हवाइ रक्षा मिसाइल सहयोग गर्ने


प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

white and red space ship on blue sky during daytime

फ्रान्सको स्वामीत्वमा रहेको थालेस मिसाइल कारखाना बेलफास्टले ५ हजार हवाइ रक्षा मिसाइल युक्रेनलाई आपूर्ति गर्ने भएको छ ।

यो सम्झौता १.६ बिलियन पाउण्ड सम्मको मूल्यको रहेको छ । थालेस फ्रेन्च स्वामित्वको कम्पनी हो । जुन युरोपका सबैभन्दा ठूला हतियार उत्पादकहरू मध्ये एक हो ।

यी मिसाइल युक्रेनी सेनाले पहिलेदेखि नै प्रयोग गर्दै आएको छ ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मरले यो घोषणा गरेका हुन । शान्ति प्राप्ति र युक्रेनको रक्षा को लागि चार बुँदाको योजना प्रस्तुत गर्ने क्रममा युक्रेनलाई हतियार सहयोग गर्ने घोषणा पनि गरेका हुन ।

पछिल्लो वर्षको सेप्टेम्बरमा घोषणा गरिएको १६२ मिलियन पाउण्डको सम्झौतामा केहि हतियार युक्रेनलाई आपूर्ति गरिएको थियो ।

साझेदार कम्पनीले युक्रेनमा मिसाइलहरूको लन्चर र कमाण्ड र कन्ट्रोल गाडीहरू निर्माण गर्नेछ । थालेस फ्रेन्च स्वामित्वको कम्पनी हो । बेलफास्टको कास्टलरेघ क्षेत्रमा यो रहेको छ ।

बेलायतका रक्षा मन्त्री जोन हेलीले सम्झौताले युक्रेनलाई ड्रोन र मिसाइल हमलाबाट बचाउन मद्दत गर्ने बताए । थप रुसको आक्रमणलाई रोक्न पछि पनि यसले मद्दत गर्ने उनले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com