बेलायत, फ्रान्स र युक्रेन युद्ध विराम योजनामा सहमत, अमेरिकासमक्ष प्रस्ताव प्रस्तुत गरिने


प्रकाशित मिति : फाल्गुन १८, २०८१ आईतबार

Britain Russia Ukraine War

बेलायत, फ्रान्स र युक्रेनले युद्ध विराम योजनामा सहमति जनाएका छन् । उक्त युद्ध विराम योजनालाई अमेरिकासमक्ष प्रस्तुत गरिनेछ।

बेलायती प्रधानमन्त्री कीअर स्टार्मरले आइतबार युरोपेली नेताहरूको शिखर सम्मेलनको तयारी गरिरहेका छन् । उक्त सम्मेलनमा युद्ध अन्त्य गर्ने उपायहरूबारे छलफल गरिनेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई दिएको कडा प्रतिक्रिया पछि युक्रेनी राष्ट्रपति जेलेन्स्की लन्डन पुगेका थिए । शुक्रबार ट्रम्पले जेलेन्स्कीलाई अमेरिकाद्वारा प्रदान गरिएको समर्थनको कदर नगरेको आरोप लगाउँदै आलोचना गरेका थिए।

बेलायती प्रधानमन्त्री स्टार्मरले आफ्नो ध्यान शान्ति वार्ता पुनर्स्थापित गर्न पुलको रूपमा काम गर्नेमा केन्द्रित रहेको बताएका छन् । उनले युद्ध विराम वार्ता विफल भएको अवस्थालाई ट्रम्प, जेलेन्स्की, र फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोंसँग पुन : संवाद गर्न अवसरको रूपमा उपयोग गर्ने बताएका छन् । उनले समस्या बढाउने भन्दा समाधान खोज्ने प्रयासलाई प्राथमिकता दिने जिकिर गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘हामीले बेलायत, फ्रान्स, र सम्भवतः अन्य केही राष्ट्रहरू युक्रेनसँग मिलेर युद्ध रोक्ने योजना तयार पार्ने काममा सहमति जनाएका छौँ । त्यसपछि उक्त योजनामा अमेरिकासँग छलफल गरिनेछ’, स्टार्मरले बीबीसीलाई दिएको अन्तर्वार्तामा भने। स्टार्मर र माक्रों दुवैले शुक्रबारदेखि ट्रम्पसँग कुराकानी गरिसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com