अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको बैठक विफल भएको एक दिनपछि बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले जेलेन्स्कीलाई न्यानो स्वागत गरे।
शनिबार जब बेलायती प्रधानमन्त्री जेलेन्स्कीलाई १० डाउनिङ स्ट्रिट बाहिर स्वागत गरे, तब उनी खुसी मुद्रामा देखिए । भित्र फोटो खिच्ने क्रममा पनि मैत्रीपूर्ण वातावरण कायम रह्यो।
स्टार्मरले युक्रेनप्रति बेलायतको ‘अटुट’ समर्थन रहेको प्रतिबद्धता व्यक्त गरे।
‘हामी युक्रेनसँग आवश्यक पर्ने जति लामो समयसम्म पनि उभिनेछौँ,’ स्टार्मरले भने । बेलायती प्रधानमन्त्री स्टार्मरले यसै हप्ता ट्रम्पसँग पनि भेट गरेका थिए।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
जेलेन्स्कीले स्टार्मरप्रति आभार व्यक्त गर्दै भने,’हामी यस्ता साझेदार र साथीहरू पाउँदा खुसी छौँ।’
स्टार्मरले आइतबार युरोपेली नेताहरूको एक सम्मेलन आयोजना गर्दै छन्, जसमा युक्रेनमा युद्ध अन्त्य गर्ने उपायबारे छलफल गरिने बताइएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बेलायती राजा चार्ल्स तृतीयसँग पनि भेट्ने तय भएको छ ।
‘हामीसँग युक्रेनको सार्वभौमिकता र सुरक्षाको सुनिश्चितता गर्न एकसाथ आउने अवसर छ,’ स्टार्मरले एक प्रेस विज्ञप्तिमा भने।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।