अमेरिकी व्यापार घाटा जनवरीमा २५ दशमलव ६ प्रतिशतले बढेर १५३ दशमलव ३ बिलियन डलर
प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार
अमेरिकाको वस्तु व्यापार घाटा जनवरी महिनामा तीव्र रूपमा बढेको छ।
अमेरिकी वाणिज्य विभागअन्तर्गत जनगणना ब्युरोले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जनवरी महिनामा वस्तु व्यापार घाटा २५ दशमलव ६ प्रतिशतले बढेर १५३ दशमलव ३ बिलियन डलर पुगेको छ। त्यस्तै, वस्तु आयात ११ दशमलव ९ प्रतिशतले वृद्धि भई ३२५ दशमलव ४ बिलियन डलर पुगेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो महिनामा नै धेरै ट्यारिफ आदेशहरू जारी गरेका छन्। बिहीबार उनले मेक्सिको र क्यानडाबाट आउने वस्तुहरूमा २५५ ट्यारिफ मार्च ४ देखि लागू हुने घोषणा गरे। यो ट्यारिफ एक महिनाका लागि स्थगित गरिएको थियो। साथै, चिनियाँ आयातमा थप १० प्रतिशत शुल्क लगाइनेछ, जुन पहिल्यै लगाइएको १० प्रतिशत अतिरिक्त हुनेछ।
स्टिल, आल्मुनियम र मोटर वाहनको आयातमा लगाइने अतिरिक्त शुल्कहरू छिट्टै लागू हुने वा तीव्र विकास प्रक्रियामा रहेको बताइएको छ।
त्यस्तै, अमेरिकी निर्यात भने जनवरी महिनामा २ दशमलव ० प्रतिशतले वृद्धि भई १७२ दशमलव २ बिलियन डलर पुगेको छ।





