नेपालमा भूकम्पको धक्का, ५.५ म्याग्निच्युड रहेको युएस जीओलोजिकल सर्भेको रिपोर्ट


प्रकाशित मिति : फाल्गुन १५, २०८१ बिहीबार

नेपालमा भूकम्पको झट्का महसूस गरिएको छ। भूकम्प ५ दशमलव ५ म्याग्निच्युड रहेको युएस जीओलोजिकल सर्भेको रिपोर्टमा उल्लेख छ । यस अगाडिको प्रारम्भिक अनुमान ५ दशमलव १ म्याग्निच्युड रहेकोमा युएस जीओलोजिकल सर्भेले यसमा अपडेट गरेको हो ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको म्याग्निच्युड ६.१ रहेको जनाएको छ भने जर्मन भूविज्ञान अनुसन्धान केन्द्रले यसलाई ५.६ म्याग्निच्युडको रूपमा मापन गरेको छ।

भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको कोदारीदेखि १४ किलोमिटर नजिकमा रहेको जनाइएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसूस गरिएको जनाइएको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। विस्तृत जानकारीको लागि सम्बन्धित निकायहरूबाट थप अध्ययन तथा तथ्यांक सङ्कलन भइरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भूकम्पको धक्काबारे यूएस जिओलोजिकल सर्भेको नक्शा ।

स्थानीय समय अनुशार विहान २ बजेर ५१  मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का भारत र चीनका भागमा समेत अनुभव गरिएको जनाइएको छ । भूकम्पको गहिराई १३ किलोमिटर रहेको प्रारम्भिक अनुमान रहेको छ ।

भूकम्प कम गहिराईमा रहेको र ठूलो क्षेत्रमा महसुस गरिएको भोल्केनो डिस्कभरीले जनाएको छ । भूकम्पको कम गहिराइका कारण भूकम्पको केन्द्रविन्दु नजिकै सोही म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको थियो ।

नोट: यो समाचार थप विवरणसहित अपडेट गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com