कंगोमा २ महिनामा ७ हजारको ज्यान गयो, ३ हजार शव पहिचान नै नगरी गाडिएको प्रधानमन्त्रीको भनाई
प्रकाशित मिति : फाल्गुन १२, २०८१ सोमबार

झण्डै २ महिनाकोबीचमा पूर्वी कङ्गोमा सात हजारभन्दा बढीको मृत्यु भएको छ । जनवरी देखि अहिलेसम्म त्यहाँ चलिरहेको द्धन्द्धका कारण यति धेरै मानिस मारिएको प्रधामन्त्रीले बताएका छन । मारिनेमा धेरै सर्बसाधारण रहेका छन ।
रुवान्डा समर्थित एम २३ सशस्त्र समूहले कङ्गोली सेनाको सीमित प्रतिरोधको सामना गर्दै गोमा र बुकाभुका मुख्य सहरहरूसहित खनिज–समृद्ध पूर्वी डिआरसीको ठूलो भाग कब्जा गरेको छ ।
“पूर्वी डिआरसीको सुरक्षा अवस्था चिन्ताजनक स्तरमा पुगेको छ”, प्रधानमन्त्री जुडिथ सुमिनवा तुलुकाले जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई भनेका छन । उनले जनवरीदेखि ‘सात हजारभन्दा बढी देशवासीको मृत्यु’ दर्ता गरिएको जानकारी दिए ।
“तिनीहरूमा दुई हजार पाँच सयभन्दा बढी शव पहिचान नगरी गाडिएका छन्”, भन्दै उनले थप एक हजार पाँच सय शव अझै शवगृहमा रहेको बताए ।
संयुक्त राष्ट्र संघका विशेषज्ञहरूका अनुसार करिब चार हजार रुवान्डाली सैनिकद्वारा समर्थित एम २३ आन्दोलनले अब प्राकृतिक स्रोतहरूले समृद्ध, समस्याग्रस्त क्षेत्र पूर्वी डिआरसीको ठूलो भू–भाग नियन्त्रण गरेको छ । यसको प्रभावले हजारौँलाई भाग्न बाध्य पारेको छ ।
गत महिना उत्तर किवुको राजधानी र देशको पूर्वको मुख्य सहर गोमा कब्जा गरेपछि लडाकूहरूले दक्षिण किवु प्रान्तीय राजधानी बुकावुमाथि नियन्त्रण लिएका थिए ।
गोमामा मात्रै तीन हजारभन्दा बढी मानिस मारिएको अनुमान गरिएको छ ।