इजरायल र हमासबीचको युद्धविराम संकटमा पर्ने संभावना बढेको छ ।
शनिबार हमासले ६ जना इजरायली बन्धकलाई रिहा गरेको बदलामा मुक्त गरिने भनिएका ६०२ जना प्यालेस्टिनी कैदीहरुलाई इजरायलले नछोडेपछि युद्धविराम संकटमा पर्ने हो कि भन्ने आशंका बढेर गएको हो ।
इजरायलले कैदीलाई रिहा गर्ने कार्य अनिश्चितकालका लागि भनेर स्थगित गरेको छ । इजरायलको यो निर्णय ६ जना इजरायली बन्धकलाई हमासले मुक्त गरेपछि आएको हो ।
हमासले अरु बन्धक हस्तान्तरण गर्ने सुनिश्चित नहुँदासम्म कैदीहरुलाई नछोडिने इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहूले बताएका छन ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
हमासले बन्धकहरु मुक्त गर्दा आयोजना गर्ने समारोहलाई प्रधानमन्त्री नेतान्याहूले राम्रो मानिरहेका छैनन । अवका बन्धक मुक्ती बिना समारोह हुनुपर्ने उनको भनाईछ ।
युद्धविरामको पहिलो चरणमा बन्दीगृहमा मृत्यु भएका ४ बन्धकहरूको हस्तान्तरण मात्र बाकि छ । युद्धविरामको दोस्रो चरणमा अन्य जीवित बन्धकहरूको रिहाइको कुनै व्यवस्थापन गरिएको छैन ।
मध्यस्थकर्ताहरूले सम्झौतालाई पुन सहि मार्गमा ल्याउन र युद्धविराम भंग हुनबाट जोगाउन कडा परिश्रम गर्ने अनुमान गरिएको छ ।
७ अक्टोबर २०२३ मा हमास र इजरायलबीच युद्ध सुरु भएपछि गाजा क्षेत्र अशान्त छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।