सावधान! आईआरएसबाट १४ सय डलरको चेक पाउने भन्दै ठगहरुबाट टेक्स्ट मेसेज


प्रकाशित मिति : फाल्गुन ५, २०८१ सोमबार

के तपाईंले आईआरएसबाट आएको सन्देश जस्तो देखिने गरी १४ सय डलरको चेकबारे टेक्स्ट मेसेज पाउनुभएको छ ? यदि पाउनुभएको छ भने यो केबल ठगी हो । यदि तपाईंले यस्तो सन्देश प्राप्त गर्नु भएको छ भने यो सन्देश आईआरएसबाट आएको जस्तो देखिएपनि त्यसमा दिइएको कुनै पनि लिंकमा क्लिक नगर्न चेतावनी दिइएको छ ।

यो सन्देश निस्सन्देह ठगी हो, किनकि संघीय निकायले यस्ता सन्देशहरू पठाउँदैन। तर अपराधीहरूले आईआरएसको जस्तो देखिनेगरी नक्कली सन्देशहरू पठाएर करदाताहरूलाई आफ्नो व्यक्तिगत जानकारी शेयर गर्न धोका दिने प्रयास गरिरहेका बेटर विजनेश ब्यूरोले चेतावनी दिएको छ ।

यी ठगीका सन्देशहरू सत्य जस्तो देखिन्छन्, किनकि ती पछिल्लो समाचारसँग सम्बन्धित छन्। डिसेम्बरको अन्त्यमा आईआरएसले १ मिलियन मानिसलाई झण्डै साढे २ मिलियन डलर पठाइरहेका बताएको थियो । जसलाई महामारीको समयमा सम्पूर्ण संघीय राहत चेक प्राप्त भएन, उनीहरुका लागि आईआरएसले यो रकम पठाउने बताएको थियो । तर ठगहरुले यही सूचनाको दुरुपयोग गरेर फोनमा सन्देश पठाउने गरेका छन् ।

वास्तविक आईआरएसका सूचनाहरू हुलाकमार्फत पठाइन्छ, टेक्स्ट वा इमेलमार्फत होइन। अप्रत्याशित सन्देशहरूमा कुनै लिंकमा क्लिक नगर्न सुझाव दिइएको छ । ठगहरूले तपाईंलाई छिटो कार्य गर्न दबाब दिनका लागि इमर्जेन्सी भएको भावना सिर्जना गर्नसक्ने भएकाले त्यस्ता चंगुलमा नफस्न सुझाव दिइएको छ । दाबीहरूको पुष्टि गर्न स्वतन्त्र रूपमा समय लिनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आईआरएसले विगतमा छुटेकाहरुलाई पठाउने राहत चेक स्वत प्रक्रियामा हुन्छन् । ती व्यक्तिहरूलाई आईआरएसले हुलाकबाट पत्र समेत पठाएको छ, जसको अधिकांश भुक्तानी जनवरीको अन्त्यसम्म पुगिसकेको अपेक्षा गरिएको छ। यी पैसाहरू ती करदाताहरूको लागि हुन् जसले आफ्नो २०२१ को कर फिर्तीमा राहत चेकको दावी गरेका थिएनन् । अहिले यो रकम पाउन कुनै कदम चाल्नुपर्दैन ।

ठगहरुले तपाईलाई १४ सयडलरको राहत चेकका लागि योग्य भएको र त्यसका लागि तपाईंले आफ्नो व्यक्तिगत जानकारी दिनु पर्ने उल्लेख गरेका हुन्छन् । तपाईको पैसा तपाईंको बैंक खाता वा चेकमार्फत १ देखि २ दिनभित्र पठाइने भन्दै उनीहरुले व्यक्तिगत विवरणहरु माग्न सक्छन् । यदि तपाईले आफ्नो व्यक्तिगत विवरण दिनुभएमा तपाईको उक्त विवरण दुरुपयोग हुनसक्नेछ ।

यस ठगीमा नक्कली लिंक हुन्छ जुन आईआरएसको आधिकारिक वेबसाइट जस्तै देखिन्छ । यसमा क्लिक गर्दा मालवेयर वा व्यक्तिगत वा वित्तीय जानकारी माग्ने झूठा फारममा ल्याउँछ। आईआरएसले करदाताहरूलाई सन्देश, इमेल, वा सामाजिक सञ्जाल मार्फत सम्पर्क नगर्ने भएकाले त्यसबारे सचेत रहन र जोगिन चेतावनी दिइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com