सैन्य कटौतीको नेतृत्व लिन अमेरिकालाई चीनको आग्रह
प्रकाशित मिति : फाल्गुन २, २०८१ शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सैन्य कटौतीमा नेतृत्व लिन चीनले आग्रह गरेको छ ।
रुस र चीनसँग सैन्य खर्च कटौती विषयमा वार्ता गर्न चाहेको टिप्पणी अमेरिकी राष्ट्रपति ट्रम्पले गरेपछि चीनले अमेरिकालाई यस कार्यमा नेतृत्व लिन आग्रह गरेको हो ।
ट्रम्पले रुसी समकक्षीहरु भ्लादिमिर पुटिन र सी जिनपिङसँग ‘परिस्थिति शान्त हुँदा’ शिखर सम्मेलन गर्न चाहेको बताएका थिए ।
“म भन्न चाहन्छु, हाम्रो सैन्य बजेट आधा कटौती गरौँ”, उनले ओभल कार्यालयमा पत्रकारहरूलाई भनेका छन ।
चिनियाँ विदेश मन्त्रालयले अमेरिकासँग विश्वको सबैभन्दा ठूलो सैन्य बजेट रहेको बताएको छ ।
“अमेरिकाले ‘अमेरिका फस्र्ट’ का लागि आह्वान गरेदेखि उनीहरूले सैन्य खर्च कटौतीको उदाहरण स्थापित गर्न नेतृत्व लिनुपर्छ”, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने “चीनको सैन्य बजेट खुला र पारदर्शी छ ।
यो अमेरिका र अन्य प्रमुख सैन्य शक्तिहरूको सन्दर्भमा उचित र उपयुक्त छ, चीनको सीमित रक्षा खर्च राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकासका हितहरू सुरक्षित गर्न र विश्व शान्ति रक्षा गर्न पूर्णतया आवश्यक छ ।
ट्रम्पले तीन शक्तिलाई आफ्नो आणविक हतियारको भण्डार कटौती गर्न पनि आह्वान गर्नुभयो ।
तर गुओले अमेरिका र रुससँग सबैभन्दा धेरै आणविक हतियार भएका देशका रूपमा ‘आणविक निःशस्त्रीकरणको विशेष र प्राथमिक जिम्मेवारी’ रहेको बताए ।