‘छोरा जीवित भएको भए कमाएर खुवाउँथ्यो’


प्रकाशित मिति : आश्विन २, २०७४ सोमबार

शहीद परिवार
राजीव राउतकी आमा मजिया चुनावप्रति आशावादी देखिएकी छैनन्।

प्रदेश २ को चुनावमा विगतमा तराई आन्दोलनमा ज्यान गुमाएकाहरुको परिवारका समस्या पनि चुनावी मुद्दा बनेको देखिएको छ।

आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुका परिवारका सदस्यहरु भने चुनावप्रति कोही आशावादी देखिन्छन त कोही देखिदैंनन्।

आँसु झार्दै मजिया राउतले भनिन्, “यी नेताहरुले के दिएका छन् र? के मद्दत गरेका छन्? छोरा भएको भए जिन्दगीभर कमाएर खुवाउँथ्यो”।

संविधान संशोधनको माग गर्दै भएको आन्दोलनका क्रममा मजिया राउतकी कान्छा छोरा राजीव राउतको प्रहरीको गोली लागि ज्यान गएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश २ अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका अन्तर्गत भारदह चोक आन्दोलनको मुख्य केन्द्र थियो।

पीडा

राजीव रावतको ज्यान गएपछि आन्दोलनले उग्ररुप लिएको बताइन्छ।

अहिले त्यो चोक चुनाव चिन्ह अंकित झन्डाले झकिझकाउ छ।

तर मजियालार्इ त्यो चुनावी रमझमले पटक्कै छोएको छैन।

उनले यसरी आफ्नो पीर पोख्दै भनिन् ,”मलार्इ नेपाली बोल्न आउँदैन, तपार्इँहरु हाम्रो भाषा बुझ्नु हुन्न, हाम्रो कुरा कसले सुन्छ?

“भोट माग्न आउने नेताहरुले पहिले हामीलार्इ के दिन्छ र हाम्रो लागि के गर्न सक्छ त्यो भन्नुपर्यो”।

मजियाकी बुहारी लिलम देवी राउतलार्इ उम्मेदवारी दर्ता गर्नुअघि एक पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकाको उपमेयर पदमा उठ्ने प्रस्ताव गर्यो।

पार्टीले सम्पूर्ण खर्च बेहोरिदिने पनि बतायो।

तर श्रीमानको ज्यान गएपछि एक्लैले साना बच्चाबच्ची हुर्काउन गाह्रो भइरहेकाले पार्टीको प्रस्ताव स्वीकार गरिनन्।

शहीद परिवार
लिलमदेवी(छोरीको साथमा) ले उम्मेदवार बन्न आएको प्रस्ताव अस्वीकार गरिन्।

लिलमका एक छोरा र एक छोरी छन्।

छोरा भर्खरै विद्यालय जान थालेको छन्।

तर अब छोराका लागि पढाउने खर्च धान्न नसकिने पिरले लिलमदेवीलार्इ सताएको उनले बताइन्।

राजीवको ज्यान गएपछि सरकारले १० लाख रुपैयाँ दियो ।

छोरा र छोरीको नाममा ५ लाख रुपैयाँ वाणिज्य ब्याङ्कमा राखेकी छन् जुन उनीहरु १६ वर्ष नपुगेञ्जलसम्म निकाल्न नपाउने गरी राखिएको छ।

५ लाख रुपैयाँ नजिकको एक सहकारी संस्थामा जम्मा गरेकी छन् ।

त्यसको ब्याज मासिक ३ हजार आउँछ र त्यसैले दु:ख सुख घर चलाएको उनले बताइन्।

उनले भनिन्, “यो पैसाले बच्चा खुवाउन र घर खर्च पुग्दैन । म भोकै पनि सुतेकी छु”।

तरार्इ आन्दोलनकै क्रममा भारदहका रामकृष्ण राउतले पनि ज्यान गुमाएका थिए ।

रामकृष्णकी श्रीमतीले निर्वाचन सकिएपछि आन्दोलन हुँदैन होला भनेर आफू आशावादी रहेको बताइन्।

शहीद परिवार
रामकृष्ण राउतकी श्रीमती सुदामिया चुनावप्रति आशावादी देखिइन्।

उम्मेदवारी

रामकृष्णका भाइ धर्मपाल राउतले हनुमाननगर कंकालिनीमा वडा अध्यक्ष लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

उनले भने, “तराई केन्द्रित दल शहीद परिवारका समस्याप्रति गम्भीर भएनन्”।

आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको परिवारको समस्याप्रति सरकारमात्रै होइन आन्दोलन हाँकेकै दलहरु गम्भीर नभएको आरोप लाग्ने गरेको छ।

तर आफूहरु संवेदनशील रहेको विगतमा आन्दोलनमा सहभागी हालको राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमारसिंह यादव बताउँछन्।

शहीद परिवार
रामकृष्णका भाइ धर्मपालले आन्दोलनमा मारिएकाका परिवारको समस्या सुल्झाउन भन्दै स्वतन्त्र उम्मेदवारी दिएका छन्।

यादवले भने, “शहीद परिवारको कसरी भरणपोषण हुन्छ भनेर त्यसप्रति हामी सधैं चिन्तित छौ । शहीद परिवारलार्इ टिकट त अरु पार्टीले पनि दिएका छैनन्। जित्ने खालको भएमा त निश्चित रुपमा दिन्थ्यौ”।

अहिलेको प्रदेश २ मा नेपालको अन्तरिम संविधान २०६३ जारी भएपछि र नेपालको संविधान २०७२ को संशोधन माग गर्दै भएको आन्दोलनका क्रममा १ सय जना भन्दा बढीले ज्यान गुमाएका थिए ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com