अमेरिकाले स्टील र आल्मुनियममा मार्चदेखि आयात कर लगाउने


प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार

President Donald Trump waves as he arrives on Air Force One at Palm Beach International Airport in West Palm Beach, Fla., Friday, Feb. 7, 2025. (AP Photo/Ben Curtis)

अमेरिकामा आयात हुने स्टील र आल्मुनियममा मार्चदेखि कर लगाइने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने आदेश दिएका हुन ।

यो आयात कर मार्च ४ देखि लागू हुने छ । यो करले अमेरिका ल्याइने धातुहरूको मूल्य बढाउनेछ । स्टील र आल्मुनियमको लागि क्यानडा अमेरिकाको प्रमुख आपूर्तिकर्ता हो ।

आयातमा निर्भर अमेरिकी व्यवसायीहरूले घोषणा गरिएको कर प्रति चिन्ता व्यक्त गरेका छन् । तर ट्रम्पले कर लगाउने योजनाले घरेलु उत्पादनलाई बढावा दिने दावी गरेका छन ।

अमेरिकालाई फेरि धनी बनाउने अभियानको सुरुवात गरेको भन्दै ट्रम्पले आफनो निर्णयको बचाउ गरेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकालाई आवश्यक पर्ने स्टील र आल्मुनियम अमेरिका मै उत्पादन र प्रयोग हुनुपर्दछ भन्दै ट्रम्पले यसो गर्न सकियो भने सस्तो हुने दावी गरे ।

आयात करहरु औषधि र कम्प्युटर चिप्समा पनि केन्द्रित हुन सक्ने ट्रम्पले संकेत गरेका छन । अमेरिकामा स्टीलको प्रमुख आपूर्तिकर्ताहरू क्यानडा, ब्राजिल र मेक्सिको हुन् ।

पछिल्लो वर्ष क्यानडाले अमेरिकाले आयात गर्ने आल्मुनियमको ५०प्रतिशत भन्दा बढी आपूर्ति गरेको थियो । यदि आयात कर लागू भए यसको सबैभन्दा ठूलो असर क्यानाडामा पर्ने अपेक्षा गरिएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com