‘हाइड्रोजन बम प्रयोग गर्न प्योङयाङ तयार’


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

युरोपका लागि उत्तर कोरियाको सांस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ ‘तयार’ रहेको बताएका छन्।

उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक हप्ता पनि नबित्दै काओ डी बेनोको पछिल्लो भनाई आएको हो।

बीबीसी रेडियो फाइबसँग कुरा गर्दै उनले वर्तमान अवस्थामा अमेरिकाको लगभग जुनसुकै शहरलाई निशाना बनाउन उत्तर कोरिया सक्षम रहेको दावी गरे।

एलेखेन्द्रो उत्तर कोरियाली नेता किम जङ-उनका नजिकमध्येका एक हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के किम जङ-उनको हत्या गर्न खोजिएको हो?

तनाव बढ्दो

पारमाणविक परीक्षण गरेको दुई साता पनि नबित्दै उत्तर कोरियाले गत हप्ता जापानी आकाशमा दोस्रो क्षेप्यास्त्र प्रहार गरेको थियो।

प्योङयाङको पछिल्लो कदमसँगै कोरियाली प्रायद्वीपमा जारी तनाव थप बढेको छ।

कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम?

काओ डी बेनोले भने, “सबै अमेरिकी वैज्ञानिकहरुलाई यो कुरा थाहा भइसकेको छ कि हामीले परीक्षण गरेको क्षेप्यास्त्रले लामो दूरीसम्म मार हान्न सक्छ। हामी त्यसलाई ४,००० किलोमिटरसम्म पठाउन सक्छौँ अर्थात् अब हामी अमेरिकाका लगभग जुनसुकै शहरलाई निशाना बनाउन सक्छौँ।”

काओ डी बेनोएलेखेन्द्रो काओ डी बेनो उत्तर कोरियाली नेता किम जङ-उनका नजिकमध्येका एक हुन्।

उनले त्यसबाहेक प्योङयाङले थुप्रै पारमाणविक परीक्षण पनि गरेको बताउँदै त्यसलाई उत्तर कोरियाको परमाणु क्षमतालाई देखाएको बताए।

काओ डी बेनोले भने, “संसारलाई अहिले हाम्रो प्राविधिक र वैज्ञानिक क्षमताबारे थाहा भइसकेको छ।”

गम्भीर अवस्था

उत्तर कोरियाली सेनाका अनुसार गत हप्ता प्रहार गरिएको क्षेप्यास्त्रले ७७० किलोमिटरको उचाईमा ३,७०० किलोमिटरको दूरी तय गरेको थियो।

काओ डी बेनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकालाई फेरि महान् बनाउन लागेको विश्वसामु प्रस्तुत हुने गरे पनि गम्भीर अवस्था निम्तिन नदिनका निम्ति दुई मुलुकबीच पहिल्यैदेखि कुराकानी हुँदै आएको बताए।

उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई लिएर अमेरिकाले निरन्तर दवाव दिंदै आएपनि प्योङयाङमाथि त्यसको खासै असर परेको देखिएको छैन।

बम

हालै संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियाविरुद्धको प्रतिबन्धले काम नगरे सैन्य कारबाहीको विकल्प पनि रहेको बताएकी थिइन्।

कूटनीतिक पहल

गत बिहीवार उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रसंघको सुरक्षा परिषद्ले आपतकालीन बैठक बोलाई तत्काल त्यस्ता गतिविधि रोक्न प्योङयाङलाई आह्वान गर्‍यो।

सुरक्षा परिषद्को बैठकअघि अमेरिका, चीन र रुसबीच उक्त विषयमा विवाद उत्पन्न भएको थियो।

संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूतले उत्तर कोरियाली संकटको कूटनीतिक तवरले मात्रै समाधान गर्न सकिने बताएका थिए।

पछिल्लो परीक्षणलाई लिएर उत्तर कोरियाविरुद्ध थप सशक्त प्रतिबन्ध लगाउने चर्चा चले पनि सुरक्षा परिषद्को त्यो दिनको बैठकमा त्यसबारे छलफल भएन।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com