भेनेजुएलाले अमेरिकामा रहेका कागजातविहिन आप्रवासीलाई फर्काउन सहमति जनाएको राष्ट्रपति ट्रम्पको भनाई


प्रकाशित मिति : माघ १९, २०८१ शनिबार

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले अमेरिकामा रहेका कागजातविहिन आप्रवासीहरूलाई आफ्नो देश फर्काउन सहमति जनाएको बताएका छन । आफ्नो ट्रुथ सोसलमा पोस्ट गर्दै उनले यो जानकारी गराएका हु्न ।

यो घोषणा राष्ट्रपति निकोलस मादुरो र ट्रम्प प्रशासनका वरिष्ठ अधिकारी रिचर्ड ग्रेनेल बीचको बैठकपछि आएको हो । यो बैठकले भेनेजुएलामा बन्दी बनाइएका ६ अमेरिकी नागरिकलाई मुक्त गराउन सफल भएको थियो ।

भेनेजुएलाले अमेरिकी भूमिमा बसेका सबै भेनेजुएलाका कागजातविहिन आप्रवासीहरूलाई आफ्नो देश फर्काउन सहमति जनाएको छ, ट्रम्पले लेखेका छन ।

आफना नागरिक फर्काउन भेनेजुएलाले यातायातको व्यवस्था पनि गर्ने भएको राष्ट्रपति ट्रम्पले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेनेजुएलाले भने यस बिषयमा कुनै धारणा सार्वजनिक गरेको छैन । तर भेनेजुएला सरकारले आप्रवासनका बारेमा ग्रेनेल र मादुरो बीच छलफल भएको बताएको त्यहाँका सञ्चार माध्यमहरुले बताएका छन ।

आफनो दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले अमेरिकामा रहेका कागजातविहिन अप्रवासीहरुका बिरुद्ध कठोर नीति अपनाएका छन । अहिले अमेरिकामा दैनिक रुपमा कागजातविहिनहरुलाई पक्राउ गरी सम्वन्धित देश पठाउने काम भइरहेको छ ।

आफनो चुनावी सभाहरुमा रिपब्लिकन ट्रम्पले अमेरिकामा रहेको कागजातविहिन आप्रवासीहरुलाई देश निकाला गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com