बांग्लादेशद्वारा रोहिंज्या शरणार्थीको आवत जावतमा कडाइ


प्रकाशित मिति : आश्विन १, २०७४ आईतबार

बांग्लादेशको प्रहरीले पछिल्लो तीन सातामा त्यहाँ पुगेका ४ लाखभन्दा बढी रोहिंज्या मुसलमान शरणार्थीहरुको आवतजावतमाथि कडाइ गरेको छ।

सरकारले छुट्टाएका निश्चित स्थानहरुमा शरणार्थीहरु बस्नुपर्ने र आफ्ना साथी तथा नातेदारसँग अरु ठाउँमा जान उनीहरुलाई अनुमति नरहेको प्रहरीको वक्तव्यमा जनाइएको छ।

सरकारले कोक्स बजार छेउमा शरणार्थीहरुका लागि आश्रयस्थल बनाइरहेको छ।

उक्त शिविरमा ८० हजारभन्दा बढीले आश्रय पाउने बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बीबीसीकी दक्षिण एसिया सम्पादक जिल म्याकगिभिरिङ् भन्छिन्, “प्रहरीले यातायात व्यवसायी र चालकहरुलाई शरणार्थीलाई नबोक्न भनेको छ। शरणार्थीलाई कोठा भाडामा नदिन पनि घरधनीहरुलाई भनिएको छ”।

विश्लेषकहरु भन्छन्, “रोहिंज्या शरणार्थी बांग्लादेशी जनसंख्यामै नमिसिउन ताकि उनीहरुलाई म्यानमार वा तेस्रो मुलुक पठाउन सकियोस् भन्ने सरकार चाहन्छ”।

शरणार्थीको ताँतीले बांग्लादेशका कतिपय भाग भरिभराउ भएका छन्।

बांग्लादेशमा यसअघि नै लाखौं रोहिंज्या मुसलमान आप्रवासी छन्।

राष्ट्रसंघले म्यानमार सैनिकले रखाइन राज्यमा गरेको पछिल्लो कारबाही जातीय सफाया सरह हुनसक्ने बताएको छ।

अधिकारवादी समूहहरुले रोहिंज्या गाउँहरुमा म्यानमारको सैनिकले आगो लगाएको आरोप समेत लगाएका छन्।

तर सेनाले अतिवादीहरुको आक्रमणको जवाफमात्रै दिइएको र गैरसैनिकहरुलाई निशाना नबनाइएको बताएको छ।

BBC Nepali

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com