रुसले जेलेन्स्कीसँग वार्ता नगर्ने, युक्रेन भन्छ : रुसले युद्धको अन्त्य चाहेको छैन


प्रकाशित मिति : माघ १६, २०८१ बुधबार

Russian President Vladimir Putin speaks during a meeting with Science and Higher Education Minister Valery Falkov at the Kremlin in Moscow, Russia, Monday, July 1, 2024. (Vyacheslav Prokofyev, Sputnik, Kremlin Pool Photo via AP)

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीँसँग रुसले वार्ता नगर्ने बताएको छ । जेलेन्स्की अबैध भएकाले उनीसँग वार्ता बस्नुको कुनै औचित्य नरहेको रुसले दावी गरेको हो । युक्रेनसँग बार्ता गर्न रुस तयार छ तर जेलन्स्कीसँग वार्ता अस्वीकार्य छ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन ।

जेलेन्स्कीको उपस्थितीले वार्तालाई सहयोग पुर्याउदै त्यसैले उनलाई स्वीकार गर्दैनौ पुटिनले भनेका छन । जेलेन्स्कीको कार्यकाल गतबर्ष नै सकिएको बताउदै सैन्य कानुन लगाएर टिकिरहेका अबैध व्यक्तिसँग वार्ता नहुने पुटिनको अडान छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यही जनवरी २० तारिखमा पदभार ग्रहण गरेपछि दुवै पक्षलाई युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन । वार्ता नगरेमा रुसमाथि कडा प्रतिबन्ध लगाउने धम्की ट्रम्पले दिएका छन ।

साँच्चिकै वार्ता गर्ने हो भने युक्रेनले जेलेन्स्कीबाहेकको वार्ता टोली बनाउनुपर्ने रुसको माग रहेको छ । पश्चिमा देशले युक्रेनलाई दिएको सहयोग घटाए भने लडाइँ दुई महिना भित्रै समाप्त हुने पुटिनको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने रुसले युद्ध अन्त्य गर्न नचाहेको पुष्टि भएको बताउँदै रुसमाथि थप प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको खाँचो रहेको बताएका छन ।

रुस र युक्रेनबीच युद्ध सुुरु भएको तिन बर्ष हुन लागेको छ । युद्धमा ठूलो धनजनको क्षति भएको छ । दुवै देशले एकअर्का बिरुद्ध पछिल्ला दिनहरुमा हमलालाई तिब्र बनाएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com