अमेरिकी न्याय विभागका विशेष अधिवक्ता स्मिथद्धारा राजीनामा


प्रकाशित मिति : पुस २७, २०८१ शनिबार

अमेरिकी न्याय विभागका विशेष अधिवक्ता ज्याक स्मिथले राजीनामा दिएका छन् । उनले डोनाल्ड ट्रम्पविरुद्ध दुई संघीय आपराधिक मुद्दाहरूको नेतृत्व गरेका थिए ।

राष्ट्रपति निर्वाचित ट्रम्पले कार्यभार सम्हाल्नुअघि न्याय विभागबाट राजीनामा दिएका हुन । शनिबार अदालतमा पेश गरिएको कागजातअनुसार स्मिथले शुक्रबार विभाग छोडेका हुन्।

स्मिथको राजीनामा ट्रम्पका गोप्य कागजातहरूको मुद्दामा अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा विवादको बीच आएको हो ।

स्मिथ २०२२ मा विशेष अधिवक्ताको रूपमा नियुक्त भएका थिए । ट्रम्पविरुद्धको दुई न्याय विभागका मुद्दाहरूको नेतृत्व गर्न उनलाई जीम्मेवारी दिइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक गोप्य कागजातहरू अवैध रूपमा राखेको आरोपमा र अर्को २०२० को चुनाव परिणामलाई प्रभावित गर्न खोजेको आरोप ट्रम्पविरुद्ध लागेको थियो ।

यी दुबै मुद्दामा ट्रम्पमाथि आपराधिक आरोप लगाइयो । तर उनलाई दोषी ठहर गरिएन । यी मुद्दाहरूलाई राजनीतिक रूपमा प्रेरित भएको भन्दै अस्वीकार गरियो ।

स्मिथका मुद्दाहरू गत वर्ष ट्रम्पको राष्ट्रपति निर्वाचन जितेपछि बन्द गरिएका थिए । अभियोजनकर्ताहरूले लेखेका थिए कि न्याय विभागका नियमहरूले सिटिङ राष्ट्रपति विरुद्ध मुद्दा चलाउन रोक लगाउँछन् ।

स्मिथको राजीनामा अपेक्षित थियो । उनलाई ट्रम्प वा नव नियुक्त राष्ट्रपतिका महान्यायाधिवक्ताद्वारा पदबाट हटाइने स्थिति सामना नगरी राजीनामा दिन सहयोग गरेको छ ।
स्मिथको राजीनामासँगै ट्रम्पविरुद्धका उनका आपराधिक मुद्दाहरू कुनै पनि अदालती सुनुवाइमा नपुगी बन्द भएका छन ।

अमेरिकी जिल्ला न्यायाधीश एलीन क्याननले ट्रम्पको गोप्य कागजातहरूको मुद्दामा स्मिथ र महान्यायाधिवक्ता मेरिक गारल्यान्डलाई अनुसन्धान प्रतिवेदन सार्वजनिक, साझा, वा प्रसारित गर्न अस्थायी रूपमा रोक लगाएकी थिइन ।

कानुनअनुसार, विशेष अधिवक्ताहरूले आफ्नो अनुसन्धानको प्रतिवेदन न्याय विभागमा पेस गर्नुपर्छ । जसको नेतृत्व महान्यायाधिवक्ताले गर्छन् ।

ट्रम्पका वकिलहरूले स्मिथलाई प्रतिवेदन पेश गर्ने कानुनी अधिकार नभएको र उनलाई अवैधानिक रूपमा नियुक्त गरिएको आरोप लगाउँदै प्रतिवेदनको प्रकाशन रोक्न माग गरेका छन् ।

शुक्रबार, ट्रम्पलाई गोप्य पैसा भुक्तानी सम्बन्धी आपराधिक मुद्दामा विना शर्तको छुट दिइएको छ । तर, उनी आपराधिक दोषसहितको पहिलो अमेरिकी राष्ट्रपति बनेर कार्यभार सम्हाल्ने छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com