गाजा युद्धमा मृत्यु हुनेको संख्या ६५ हजार नाघेको प्रतिवेदन सार्वजनिक


प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

(231106) — GAZA, Nov. 6, 2023 (Xinhua) — People escape after an Israeli strike at a refugee camp in central Gaza Strip, on Nov. 6, 2023. The total number of Palestinian deaths in Gaza reached 10,022 since the latest round of Hamas-Israel conflict started on Oct. 7, Gaza’s health ministry said on Monday. On the Israeli side, more than 1,400 people lost their lives, the vast majority in the Hamas attack on Oct. 7, which triggered the ongoing conflict. (Photo by Yasser Qudih/Xinhua)

गाजामा भएको युद्धका कारण मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या झण्डै ६५ हजार पुगेको अनुसन्धानले देखाएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले रिपोर्ट गरेको आधिकारिक तथ्याङ्कभन्दा धेरै बढी हुन सक्ने दावी द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानले गरेको हो ।

यो बेलायत नेतृत्वको अध्ययनले ७ अक्टोबर २०२३ मा हमासका बन्दुकधारीहरूले इजरायलमा आक्रमण गरेपछि सुरु भएको युद्धको पहिलो नौ महिनालाई समेटेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क , मृतकहरूको रिपोर्ट गर्ने आफन्तहरूको अनलाइन सर्वेक्षण, र मृत्युको सूचना उपयोग गर्दै, यो अध्ययनले ३० जुन २०२४ सम्म ६४ हजार २६० प्यालेस्टिनीहरूको मृत्यु भएको अनुमान गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयले रिपोर्ट गरेको तथ्याङ्कभन्दा यो ४१ प्रतिशत भन्दा बढि हो । संयुक्त राष्ट्रसंघले भने स्वास्थ्य मन्त्रालयका तथ्याङ्कलाई विश्वसनीय मानेको छ ।

स्वास्थ्य मन्त्रालयले युद्धको तथ्याङ्कमा लडाकु र सर्वसाधारणबीच छुट्याउँदैन । तर, संयुक्त राष्ट्रसंघको हालैको रिपोर्टले छ महिनाको अवधिमा प्रमाणित अधिकांश पीडितहरू महिला र बालबालिका रहेको बताएको छ ।

इजरायलले हमासको तथ्याङ्कलाई अविश्वसनीय भनेको छ । अगस्ट महिनामा इजरायली डिफेन्स फोर्सेस ले १७ हजार भन्दा बढी आतंकवादीहरूलाई समाप्त गरेको दाबी गरेको थियो ।

इजरायलले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई गाजामा स्वतन्त्र रूपमा पहुँच नदिँदा त्यहाँका तथ्यहरू प्रमाणित गर्न समस्या भइरहेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले युद्धको मृत्युदरको तथ्याङ्क दैनिक रूपमा अद्यावधिक गर्दछ । यी तथ्याङ्क अस्पतालमा रिपोर्ट गरिएका मृत्यु परिवारका सदस्यहरूले रिपोर्ट गरेका मृत्यु, र विश्वसनीय सञ्चारमाध्यमहरूका रिपोर्टबाट संकलित गरिन्छ ।

द ल्यान्सेट मा प्रकाशित रिपोर्टले मृत्युको दर ५५ हजार २९८ देखि ७८ हजार ५२५ बीच भएको अनुमान गरेको छ । जुन स्वास्थ्य मन्त्रालयले रिपोर्ट गरेको ३७ हजार ८७७ भन्दा बढी हो ।

७ अक्टोबरको हमासको आक्रमणपछि गाजामा युद्ध सुरु भएको हो । सो आक्रमणमा १ हजार २०० जनाको मृत्यु भएको र २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो ।

यसको प्रतिकारमा, इजरायलले गाजामा ठूलो सैन्य आक्रमण सुरु गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण ४६ हजार व्यक्तिको मृत्यु भएको छ । जसमा अधिकांश सर्वसाधारण छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com