ग्रीनल्याण्ड र पनामा क्यानलको प्राप्तीका लागि सैन्य बल प्रयोग गर्नसक्ने ट्रम्पको संकेत


प्रकाशित मिति : पुस २३, २०८१ मंगलबार

Republican presidential nominee former President Donald Trump speaks during a campaign rally at Thomas & Mack Center, Thursday, Oct. 24, 2024, in Las Vegas. (AP Photo/Alex Brandon)

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकाको सुनौलो युग सुरु हुने बताएका छन ।

मार ए लागोमा पत्रकारसंग कुराकानी गर्दै उनले ग्रीनल्याण्डलाई डेनमार्कबाट प्राप्त गर्ने र पनामा क्यानलाई पनामाबाट प्राप्त गर्ने योजना सुनाउदै सुनौलो युगको प्रारम्भ आफनो कार्यकालमा हुने बताएका हुन ।

अमेरिकालाई पहिलो बनाउने र फेरी महान बनाउने जस्ता चुनावी नारा बनाएका ट्रम्पले सारेको योजनाबाट डेनमार्क र पनामा झस्किएका छन ।

ट्रम्पले आफनो योजना पुरा गर्न सैन्य बलको प्रयोग गर्नसक्ने आंकलन गरिएको छ । ट्रम्पले भनेका छन राष्ट्रिय सुरक्षाका लागि ग्रीनल्यान्ड आवश्यक छ । यो स्वतन्त्र विश्वका लागि पनि हो। स्वतन्त्र विश्वको सुरक्षाबारे कुरा हो ट्रम्पले भनेका छन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले पनामा क्यानाल पनामालाई दिएको बताउदै चीनलाई नदिइएको प्रष्ट पारेका छन । चीनले पनामा क्यानललाई दुरुपयोग गरेको उनले दावी गरेका छन ।

ट्रम्पको योजना भित्र क्यानडालाई अमेरिकाको ५१ औ राज्य बनाउने योजना पनि समेटिएको देखिएको छ उनले भनेका छन ।

क्यानडालाई हामी वार्षिक करिब २ सय अर्ब डलर सब्सिडी दिइरहेका छौं । उनीहरूको सैन्य शक्ति अत्यन्त सानो छ। उनीहरू हाम्रो सैन्य शक्तिमा निर्भर छन उनले भनेका छन ।

उनले क्यानडाको गभर्नरको लागि आइस हकी खेलाडी वेन ग्रेट्ज्कीलाई उम्मेदवार बनाउन समेत प्रस्ताव गरे।

ट्रम्पको ग्रीनल्यान्डप्रतिको रुचि पहिलो कार्यकालमै प्रकट भएको थियो। उनले त्यतिबेला ग्रीनल्यान्डलाई पुएर्टो रिकोसँग साट्ने सम्भावनाबारे सोचेका थिए ।

जनवरी २० मा सपथ लिएपछि डोनाल्ड ट्रम्पले आफनो दोश्रो कार्यकाल सुरु गर्ने छन । नोभेरम्बरमा भएको चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प दोश्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com