राष्ट्रपति बाइडेनद्धारा नयाँ ठाउँबाट तेल र ग्यास उत्खनन गर्न प्रतिबन्धको घोषणा, प्रतिबन्ध हास्यास्पद भएको ट्रम्पको प्रतिकृया


प्रकाशित मिति : पुस २२, २०८१ सोमबार

US President Joe Biden addresses the Canadian Parliament in Ottawa, Canada, on March 24, 2023. (Photo by Mandel NGAN / POOL / AFP)

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ ठाउँमा तेल तथा ग्यास उत्खननमा प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा केही हप्ता अघि बाइडेनले प्रतिबन्धको घोषणा गरेका हुन् ।

यो प्रतिबन्धले सम्पूर्ण एटलान्टिक तट, पूर्वी गल्फ अफ मेक्सिको, क्यालिफोर्निया, ओरेगन र वाशिङ्टनको प्रशान्त तट, र अलास्काको बेरिङ सागरको एक भागलाई समेट्छ ।

यो निर्णय बाइडेन प्रशासनद्वारा जलवायु परिवर्तन नीति लागू गर्न गरिएका अन्तिम प्रयासहरूमध्ये एक हो ।

ट्रम्पले भने पदभार ग्रहण गरेपछि तुरुन्तै यो प्रतिबन्ध हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर अमेरिकी कानुनअनुसार यसलाई उल्ट्याउन कठिन हुन सक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले आफ्नो चुनावी अभियानमा घरेलु जीवाश्म इन्धन उत्पादनलाई बढावा दिने र ग्यासको लागत घटाउने प्रतिबद्धता जनाएका थिए ।

नयाँ प्रतिबन्ध घोषणा गर्दै बाइडेनले तटीय क्षेत्रमा हुने उत्खनन अर्थात ड्रिलिङले अपरिवर्तनीय क्षति पुर्याउन सक्ने बताए ।

यो जोखिम हो यो जोखिम लिन अमेरिकालाई आवश्यक छैन बाइडेनले भनेका छन । ट्रम्पले यो प्रतिबन्धलाई हास्यास्पद भन्दै खारेज गर्ने घोषणा गरे ।

ट्रम्पले यसअघि पनि बाइडेनको संरक्षण र जलवायु परिवर्तन सम्बन्धी नीतिहरू उल्ट्याउने वाचा गरेका थिए । यो नयाँ प्रतिबन्ध लगाउने घोषणा बाइडेनले १९५३ को आउटर कन्टिनेन्टल सेल्फ ल्याण्ड्स एक्ट अन्तर्गत गरेका हुन् ।

जसले अमेरिकी राष्ट्रपतिलाई खनिज पट्टा र ड्रिलिङबाट क्षेत्र हटाउन अनुमति दिन्छ । ट्रम्पले पनि २०२० मा फ्लोरिडाको तटीय क्षेत्रलाई जोगाउन यो कानुन प्रयोग गरेका थिए ।

त्यो निर्णय २०३२ सम्मका लागि मान्य थियो । बाइडेनको निर्णयले त्यही क्षेत्रलाई अनिश्चितकालसम्म जोगाउनेछ । यो नयाँ प्रतिबन्धले ६२५ मिलियन एकड भन्दा बढी जलक्षेत्रलाई समेट्छ ।

तर, वातावरण संरक्षण समूहहरूले यस निर्णयलाई स्वागत गरेका छन् । तेल र ग्यास उद्योग सम्बन्धी समूहहरूले भने बाइडेनको निर्णयले अमेरिकी ऊर्जा सुरक्षामा क्षति पुर्याउने र यसलाई उल्ट्याउनुपर्ने बताएका छन् ।

ट्रम्पले बाइडेनको निर्णयलाई चुनौती दिने प्रयास जारी राख्ने अपेक्षा गरिएको छ । अन्तिम कानुनी निर्णय सर्वोच्च अदालतले गर्न सक्नेछ, जहाँ हाल रिपब्लिकन न्यायाधीशहरूको बहुमत छ ।

पर्यावरणविद्हरू र डेमोक्र्याटहरूले बाइडेनलाई यो प्रतिबन्ध लागू गर्न दबाब दिइरहेका थिए ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, जलवायु परिवर्तनको गम्भीर प्रभावहरू रोक्नका लागि तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न वार्षिक रूपमा तेल र ग्यासको माग ५ प्रतिशत ले घट्नुपर्ने अनुमान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com