अमेरिकी चिकित्सक भन्छन : मदिराले क्यान्सरको जोखिम उच्च बनाउँछ


प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

अमेरिकाका वरिष्ठ चिकित्सकहरुले मदिरामा क्यान्सरको चेतावनी लेबल राखिनुपर्ने बताएका छन ।

शीर्ष सरकारी चिकित्सकले मदिराजन्य पेय पदार्थले क्यान्सर निम्त्याउँछ भनेर स्वास्थ्य चेतावनीका लागि लेवल राख्न आह्वान गरेका हुन ।

उनीहरुले जोखिमका कारण दैनिक मदिरा सेवनको सीमा पुनर्मूल्याङ्कन गर्न आग्रह गरेका छन् ।

सर्जन जनरल विवेक मूर्तिले मदिरा र क्यान्सरबीचको सम्बन्ध सन् १९८० को दशकदेखि नै जानकार रहेको र थप प्रमाणहरूले खतराको पुष्टि गरिरहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“मदिरा क्यान्सरको एक प्रमख कारण भएको र यसलाई रोकथाम गर्न सकिने चिकित्सकहरुले बताएका छन । अमेरिकामा वार्षिक रूपमा लगभग एक लाख क्यान्सरका घटना भएका छन । त्यसमा करिव २० हजारको मृत्यु पनि हुने गरेको छ ।

सन् १९८८ मा प्रस्तुत गरिएको विद्यमान चेतावनी लेबलमा ‘जन्मजात विकृतिको जोखिमका कारण गर्भवतीहरूले मदिराजन्य पेय पदार्थ सेवन गर्नु हुँदैन’ र ‘मादक पेय पदार्थको सेवनले कार चलाउने वा मेसिनरी सञ्चालन गर्ने क्षमतालाई बिगार्छ र स्वास्थ्य समस्या निम्त्याउन सक्छ’ भनेर मात्र उल्लेख छ ।

मदिरा सेवनले कम्तीमा सात प्रकारका क्यान्सरको जोखिम बढाउँछ । यसमा स्तन, कोलोरेक्टल, कलेजो, मुख, घाँटी, भोजननली र स्वरयन्त्रको क्यान्सर समावेश छन् ।

स्तन क्यान्सरका मात्र १६।४ प्रतिशत घटनाको कारण मदिरा हो । तर सार्वजनिक जागरूकता निकै पछि छ ।

सन् २०१९ को एक सर्वेक्षणले ४५ प्रतिशत अमेरिकीले मात्र मदिरालाई क्यान्सरको जोखिम कारकको रूपमा पहिचान गरेको पाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com