अमेरिकाको ट्रम्प होटल बाहिर ट्रक विस्फोट, चालकको ज्यान गयो, ७ जना घाइते


प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

LAS VEGAS, NEVADA – JANUARY 01: A woman with a dog lies down to record images next to a Las Vegas Metropolitan Police Department vehicle blocking the road near the Trump International Hotel & Tower Las Vegas after a Tesla Cybertruck exploded in front of the entrance on January 01, 2025 in Las Vegas, Nevada. A person who was in the vehicle died and seven people were injured. Authorities are investigating the incident as a possible terrorist attack and are looking for a possible connection to a deadly crash in New Orleans. Ethan Miller/Getty Images/AFP (Photo by Ethan Miller / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

अमेरिकाको लस भेगासको ट्रम्प होटल बाहिर ट्रक विस्फोट भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । टेस्लाको साइबरट्रकमा ईन्धनका क्यान र आतिशबाजीका मोर्टार भरिएको ट्रक विस्फोट भएको हो ।

यो विस्फोटमा चालकको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । तर घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ट्रक कोलोराडोबाट भाडामा लिइएको थियो । उक्त ट्रक बुधबार बिहान लस भेगास आइपुगेको थियो ।

विस्फोट हुने दुई घण्टा अघि ट्रक होटलको सिसाको प्रवेशद्वारको अगाडि पार्क गरिएको थियो । केही समय धुवा निस्केपछि ट्रक विस्फोट भएको प्रहरीले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति जो बाइडेनले यो घटनाको अनुसन्धान भइरहेको र न्यू ओर्लियन्समा नयाँ वर्षको दिन भएको आक्रमणसँग सम्बन्धित हुनसक्ने सम्भावनाबारे अनुसन्धान भइरहेको बताए । न्यू ओर्लियन्सको घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको थियो ।

पत्रकार सम्मेलनमा लस भेगासका शेरिफ केभिन म्याकमहिलले विस्फोटको भिडियो र घटनापछि ट्रकमा रहेका इन्धनका क्यान र आतिशबाजीका सामाग्रीका तस्बिर सार्वजनिक गरेका थिए ।

(एथान मिलर / गेटी  मार्फत एएफपी )

भिडियोमा ट्रक होटलको प्रवेशद्वारको ठीक अगाडि पार्क गरिएको देखिन्छ । केही सेकेन्डसम्म ट्रक स्थिर रहन्छ । त्यसपछि विस्फोट हुन्छ । विभिन्न रङका आतिशबाजी विभिन्न दिशामा निस्किएको भिडियोमा देखिन्छ ।

शेरिफ म्याकमहिलले यो घटना ट्रम्प होटल र टेस्लाका मालिक एलन मस्कसँग सम्बन्धित हुनसक्ने सम्भावनाबारे पनि अनुसन्धान भइरहेको बताए ।

एफबीआईले यो घटना आतंकवादको कार्य हुनसक्ने सम्भावनामा अनुसन्धान गरिरहेको जनाएको छ ।

तर, हालसम्म चालकको पहिचान पुष्टि भएको छैन । यो घटना आईएससँग सम्बन्धित रहेको कुनै प्रमाण पनि भेटिएको छैन।

ट्रम्प होटलको सुरक्षा र अतिथिहरूको सुरक्षामा प्राथमिकता रहेको बताउँदै ट्रम्पका छोरा एरिक ट्रम्पले यस घटनाप्रति दुख व्यक्त गरेका छन ।

घटनाको छानबिन जारी रहेको र यो घटनाबाट लस भेगासका स्थानीयहरूलाई कुनै पनि थप खतरा नरहेको शेरिफ म्याकमहिलले बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com