२०२५ देखि इलेक्ट्रोनिक भिसा प्रणाली लागु गर्दै यूके, कागजी भिसा स्टिकर हटाइने


प्रकाशित मिति : मंसिर २०, २०८१ बिहीबार

By kaysha is licensed under CC BY-NC-ND 2.0.

आफ्नो अध्यागमन प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने प्रयासहरूको एक भागको रूपमा यूकेले २०२५ देखि इलेक्ट्रोनिक भिसा प्रणाली लागु गर्ने भएको छ । २०२४ को अन्त्यसम्ममा कागजी भिसा स्टिकहरुका साथमा अन्य भौतिक अध्यागमन कागजातहरू विस्थापित गरिने भएको छ । अर्थात् भिसा स्टिकर जारी गरिने छैन ।

यसको सट्टा २०२५ देखि सबै व्यक्तिहरूको अध्यागमन स्थिति इलेक्ट्रोनिक रूपमा रेकर्ड गरिनेछ र व्यक्तिको यात्रा कागजातसँग लिङ्क गरिएको अनलाइन एकाउन्ट मार्फत पहुँचयोग्य हुनेछ। यो नयाँ ढाँचाले भिसाको योग्यता वा आवेदनका मापदण्ड र आवश्यकताहरूमा कुनै प्रभाव पार्दैन। केबल व्यक्तिहरूले आफ्नो अध्यागमन स्थिति प्रमाणित गर्ने तरिका मात्र परिवर्तन गर्नेछ।

raised United Kingdom flag

भौतिक भिसा स्टिकरहरू भएकाहरूले उनीहरूको इलेक्ट्रोनिक भिसामा पहुच कायम गर्न अनलाइन खाता सेट अप गर्नुपर्छ। डिसेम्बर ३१ मा समाप्त हुने बायोमेट्रिक निवास अनुमति भएकाहरूले अब अनलाइन एकाउन्टहरु सिर्जना गर्न सक्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो बायोमेट्रिक निवास अनुमति गुमाएकाहरूले आफ्नो अनलाइन एकाउन्ट सिर्जना गर्न आफ्नो यात्रा कागजात, जस्तै राहदानी वा भिसा आवेदन नम्बर प्रयोग गर्न सक्छन्।

यदि व्यक्तिहरूले आफ्नो अनलाइन एकाउन्ट सिर्जना गर्ने बित्तिकै उनीहरूको विवरणहरू नदेखेमा उनीहरूले कुनै कदम चाल्नुपर्दैन । उनीहरूको इलेक्ट्रोनिक भिसा उपलब्ध भएपछि उनीहरूलाई इमेलद्वारा सिधै सम्पर्क गरिनेछ ।

नयाँ प्रणालीले अध्यागमन स्थिति प्रमाणित गर्न कुनै पनि कागजात बोक्नुपर्ने आवश्यकता हटाउनेछ । डिजिटल रेकर्डको रूपमा इलेक्ट्रोनिक भिसाहरु चोरीने, हराउने, वा छेडछाड हुने सम्भावना रहदैन । त्यसैले अध्यागमन स्थिति प्रमाणित गर्न थप सुरक्षा प्रदान गर्दछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com