अमेरिकाको भर्जिनियामा जुलाईदेखि बेपत्ता ममताका पतिविरुद्ध पहिलो डिग्री हत्याको अभियोग


प्रकाशित मिति : मंसिर १८, २०८१ मंगलबार

गत जुलाईदेखि बेपत्ता भर्जिनियाको मानसास पार्ककी नेपाली नर्स ममता काफ्ले भट्टका पति नरेश भट्टविरुद्ध पहिलो डिग्री हत्याको अभियोग लगाइएको छ । प्रिन्स विलियम काउन्टीको ग्रान्ड जूरीले सोमबार नरेश भट्टलाई अपराधिक हत्या र शवलाई शारीरिक रूपमा छेडखानी गरेको अभियोग लगाइएको अदालतका कागजातहरूमा उल्लेख गरिएको छ । यसअगाडि नरेश भट्टविरुद्ध शव लुकाएको अभियोगमात्र लगाइएको थियो ।

भर्जिनियामा फर्स्ट डिग्री हत्यामा दोषी ठहर भएमा गम्भीर आपराधिक दण्डको सामना गर्नुपर्छ । फर्स्ट डिग्री हत्या भर्जिनियाको कमनवेल्थमा दोश्रो श्रेणीको सबैभन्दा ठूलो अपराध हो। जसमा दोषी ठहर भएमा आजीवन जेल सजाय र १ लाख डलरसम्म जरिवाना हुनसक्छ ।

३७ वर्षीय नरेश भट्टलाई प्रिन्स विलियम काउन्टी जेलमा अगस्त २२ देखि विना धरौटी राखिएको छ । नरेश भट्टले आफ्नो मुद्दाको सुनुवाई जतिसक्दो चाँडो सकाउने प्रयास गरिरहेका छन् । शव लुकाएको अपराधको आरोपमा उनको जुरी सुनुवाई प्रिन्स विलियम सर्किट अदालतमा डिसेम्बर ९ को लागि तय गरिएको छ। सोमबार थप अभियोग लगाइएपछि डिसेम्बर ९ को सुनुवाई हुने नहुने निश्चित भएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले ममता काफ्ले भट्टको शव वा हत्या गरेको हतियार अझै फेला पार्न सकेको छैन । तर अदालतको कागजात अनुसार नरेश भट्टले ममताको हत्या गरी शव लुकाएको विश्वास गरिएको छ । जघन्य हत्याको लागि प्रत्यक्ष अभियोगमा नरेश भट्टलाई जुलाई २९ र अगस्ट २ बीच ममता काफ्ले भट्टको हत्या जानीजानी र योजनावद्ध तरिकाले गरेको आरोप लगाइएको छ।

अघिल्लो अदालतको सुनुवाइको क्रममा अभियोजकहरूले सेलफोन डाटा, भिडियो क्यामेरा, उनको टेस्लाबाट निकालिएको जीपीएस डाटा र लाइसेन्स प्लेट रिडरहरूबाट सङ्कलन गरिएका प्रमाणहरू प्रस्तुत गरे का थिए । जसमा नरेश भट्टले ठूला रद्दीका टोकरीका झोलाहरूमा भएका वस्तुहरू फ्याक्न फोहोर फ्याक्ने स्थानमा यात्रा गरेका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com