जलवायु परिवर्तनसंग जुध्न धनी देशहरुले गरिव देशहरुलाई ३०० अर्ब डलर दिने


प्रकाशित मिति : मंसिर ९, २०८१ आईतबार

धनी देशहरूले गरिब तथा विकासशील देशहरूलाई जलवायु परिवर्तनसँग जुध्न र तयारी गर्नका लागि सहयोग पुर्याउन अहिलेसम्मकै उच्च ३०० अर्ब डलर दिने प्रतिबद्धता जनाएका छन् ।

अजरबैजानमा आयोजित संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन COP29 मा संयुक्त राष्ट्रसंघको जलवायु निकायका प्रमुख साइमन स्टिलले यो कठिन यात्रा थियो, तर हामीले सम्झौता पारित गर्न सफल भयौं भनेर भन्नुभयो ।

यस सहयोगले गरिब राष्ट्रहरू जलवायु परिवर्तनको असमान भारको सामना गर्न बाध्य भइरहेको स्वीकार गरेको छ । ती देशहरूले जलवायु संकट सिर्जनामा न्यून योगदान दिएका छन् ।

यसपटकको प्रतिवद्धता अन्तर्गत सरकारका अनुदान र निजी क्षेत्र ( बैंक तथा व्यवसायहरू ) बाट रकम जुटाइनेछ । यो रकमले जिवाश्म इन्धनको विकल्पमा नवीकरणीय ऊर्जा प्रयोग गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर यस वर्षको वार्ताले गत वर्षको जिवाश्म इन्धनबाट क्रमिक रूपमा कम गर्ने सम्झौतामा थप प्रगति गर्न भने सकेन ।

यो निर्णय अब २०२५ मा हुने अर्को सम्मेलनमा छलफल गरिनेछ । ३०० अर्ब डलर को प्रतिबद्धता बाहेक यसका लागि सन् २०३५ सम्म १दशमलव ३ ट्रिलियन डलर आवश्यक पर्नेमा पनि सहमति भएको छ । यस वर्षको जुन इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने लगभग निश्चित छ ।

यसको बदलामा धनी देशहरू, जस्तै बेलायत र युरोपेली संघ, जिवाश्म इन्धनको प्रयोग घटाउनका लागि कडा प्रतिबद्धता चाहन्थे ।

तर, गत वर्ष दुबईमा पारित जिवाश्म इन्धनबाट क्रमिक रूपमा घटाउने प्रस्तावलाई बलियो बनाउने आशा गरिएको भएपनि यसपटकको प्रस्तावले प्रतिबद्धतालाई दोहोरायो ।

आगामी वर्षको जलवायु सम्मेलन COP30 को आयोजना ब्राजिलको बेलेम शहरमा हुने सम्भावना छ । ब्राजिलका राष्ट्रपति लुलाले जलवायु परिवर्तन र अमेजन वर्षावनको वन कटानी रोक्न बलियो प्रतिबद्धता जनाउनु भएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com