अमेरिकामा भएको दुर्घटनामा २ नेपाली युवाको मृत्यु, पक्राउ नेपाली चालकविरुद्ध हत्याअभियोग


प्रकाशित मिति : मंसिर ८, २०८१ शनिबार

शुक्रबार बिहान अमेरिकाको भर्जिनिया राज्यको चान्टिलीमा भएको दुर्घटनामा नेपालका दुई युवा, रुकुमका सुरेश केसी र बर्दियाका विवेक सुवेदीको निधन भएको छ। उक्त दुर्घटनामा चालकसहित थप दुई जना घाइते भएका छन्।

सुरेश केसी आठविसकोट नगरपालिका ओलीगाउँ रुकुम पश्चिमका भएको जनाइएको छ । उनी केही महिना अगाडि मात्र अमेरिका आएको जनाइएको छ । विवेक सुवेदी एक इथिकल ह्याकर भएको जनाइएको छ ।

तीव्र गतिमा रहेको फोर्ड मस्टाङ्ग कार सडकछेउको रुखमा ठोक्किएको थियो। यो दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको भनाई छ । चालक विजय तामाङ र मोहन श्रेष्ठ घाइते भएका छन्, तर दुवैको अवस्था स्थिर रहेको जनाइएको छ।

३० वर्षीय चालक विजय तामाङ

३० वर्षीय चालक तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।  दुर्घटनाको समयमा तामाङले अत्यधिक मदिरा सेवन गरेका प्रहरीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लाउन काउन्टी प्रहरीले दुर्घटनाको अनुसन्धान जारी राखेको जनाएको छ। तामाङविरुद्ध अनैच्छिक हत्याको आरोप लगाइएको छ र लाउडौन काउन्टी वयस्क डिटेन्सन सेन्टरमा धरौटी बिना राखिएको छ। यो अनुसन्धान जारी छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com