ट्रम्पले मनोनयन गरेका मन्त्रीहरु छानबिनको घेरामा तानिए


प्रकाशित मिति : कार्तिक ३०, २०८१ शुक्रबार

President-elect Donald Trump speaks during a meeting with the House GOP conference, Wednesday, Nov. 13, 2024, in Washington. (AP Photo/Alex Brandon)

अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गर्नुभएका मन्त्रिपरिषद्का सदस्यहरू छानबिनको घेरामा तानिएका छन । आरोप मध्ये दुर्व्यवहारका पनि समावेश छन् ।

ट्रम्पको रक्षा मन्त्रीका लागि मनोनयन भएका पीट हेगसेथले आफुमाथी लागेको यौन उत्पीडनको आरोप अस्वीकार गर्नुभएको छ । सम्भावित महान्यायाधिवक्ता म्याट गेट्ज पनि छानबिनको घेरामा देखिनु भएको छ ।

स्वास्थ्य मन्त्रीका लागि मनोनित रोबर्ट एफ केनेडी जुनियरले खोपको प्रभावकारीताप्रति गरेको आलोचनाका कारण कडा विरोधको सामना गर्नुपरेको छ ।
ट्रम्पले जनवरीमा पदभार सम्हाल्दा यी उम्मेदवारहरूको अनुमोदन अमेरिकी सिनेटले गर्नुपर्नेछ ।

यद्यपि सिनेटमा ट्रम्पको पार्टी रिपब्लिकनहरूको नियन्त्रण हुनेछ । सुनुवाइहरूमा यी उम्मेदवारहरूलाई कडा प्रश्नको सामना गर्नुपर्ने देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले रक्षामन्त्रीका लागि मनोनित पीट हेगसेथमाथि २०१७ मा क्यालिफोर्नियामा भएको भनिएको यौन उत्पीडनको घटनामा अनुसन्धान गरिएको जानकारी दियो ।
अफगानिस्तान र इराक युद्धका भूतपूर्व सैनिक तथा फक्स न्यूजका होस्ट हेगसेथले आफूले कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ ।

ट्रम्पका प्रवक्ता स्टेभेन चेउङले हेगसेथले सबै आरोपहरू कडा रूपमा अस्वीकार गरेको र कुनै मुद्दा दर्ता गरिएको बताउनु भएको छ ।

हेगसेथलाई उनका सहकर्मी सैन्यकर्मीहरूले भित्री खतराको रूपमा चिनेको रिपोर्ट गरेका छन ।

ट्रम्पका महान्यायाधिवक्ताका लागि मनोनित म्याट गेट्जमाथि कांग्रेस सदस्य हुँदा दुर्व्यवहार, लागूऔषध प्रयोग, र चुनावी कोषको दुरुपयोगका आरोपहरू लागेको छ ।

ट्रम्पले न्याय विभागको नेतृत्व गर्न उहाँलाई मनोनित गरेपछि केही घण्टामै उहाँले फ्लोरिडाको आफ्नो संसदीय पदबाट राजीनामा दिनुभएको थियो ।

स्वास्थ्य मन्त्रीका लागि मनोनित केनेडी जुनियरलाई खोपविरोधी धारणा र “बिग फार्मा” लाई कडा कारबाही गर्ने प्रतिज्ञाका कारण विरोधको सामना गर्नु परेको छ ।
आलोचकहरूले उहााको खोपविरोधी धारणा देशको स्वास्थ्य प्रणालीका लागि हानिकारक रहेको बताएका छन् ।

अहिलेसम्म ट्रम्पले यी मनोनयनमाथिको विवादबारे कुनै प्रत्यक्ष टिप्पणी गर्नुभएको छैन । उहाँले अझै आफ्नो प्रशासनका लागि एफबीआई निर्देशक र अर्थ मन्त्री जस्ता पदमा नियुक्ति गर्न बाँकी छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com