ट्रम्पको विजयले अमेरिकी नीतिहरुको पुनरावलोकन हुने इरानको अपेक्षा


प्रकाशित मिति : कार्तिक २२, २०८१ बिहीबार

Republican presidential nominee former President Donald Trump speaks during a campaign rally at Thomas & Mack Center, Thursday, Oct. 24, 2024, in Las Vegas. (AP Photo/Alex Brandon)

इरानले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीतिहरू’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै जनवरीमा ह्वाइट हाउस फर्कन लागेका ट्रम्पले आफ्नो पहिलो कार्यकालमा इरानमाथि ‘अधिकतम दबाब’ को रणनीति अपनाउनुभएको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आईआरएनएले भनेको छ विगतमा अमेरिकी विभिन्न सरकारका नीति र दृष्टिकोणसँग हाम्रो निकै तितो अनुभव छ ।

ट्रम्पको जित ‘विगतका गलत नीतिको पुनरावलोकन गर्ने अवसर’ भएको उहाँले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरान र अमेरिका सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै एकअर्काका विरोधी थिए । इस्लामिक क्रान्तिले पश्चिमा समर्थित शाहलाई सत्ताच्युत गरेको थियो भने ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०२१ सम्म इरानसँगको सम्बन्धमा थप तनाव बढेको थियो ।

बुधबार अमेरिकी राष्ट्रपतिमा ट्रम्प विजयी घोषणा हुनुअघि इरानले अमेरिकी निर्वाचनलाई असान्दर्भिक भन्दै अस्वीकार गरेको थियो ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१५ को इरान आणविक सम्झौताबाट अमेरिकालाई एकतर्फी रुपमा फिर्ता भएको घोषणा गर्नुभएको थियो ।
इस्लामिक गणतन्त्रमाथि कडा प्रतिबन्ध लगाउनु भएको थियो ।

ट्रम्पको पहिलो कार्यकाल रहेकै समय सन् २०२० मा अमेरिकाले बग्दाद विमानस्थलमा गरेको हवाई आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोरका जनरल कासिम सुलेमानीको मृत्यु भएको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com