रुसले ह्यारिसबिरुद्ध गलत भिडियो बनाएर भ्रम फैलाइरहेको अमेरिकाको आरोप


प्रकाशित मिति : कार्तिक १६, २०८१ शुक्रबार

Russia Putin

अमेरिकी अधिकारीहरूले अनलाइनमा फैलिएको एक भिडियो रूसले बनाएको पुष्टि गरेका छन् । जर्जियाका राज्य चुनाव अधिकारीहरूले यस भिडियोलाई गलत सूचना भनेर चित्रण गरेका छन्।

जर्जियाका सचिव ब्राड राफेन्स्परगरले भने, उक्त भिडियोले दावा गरेको छ कि केही हैटियनहरू अवैध रूपमा कमला ह्यारिसलाई भोट हालिरहेका छन् । यो भिडियो नक्कली हो र सम्भवतः रूसी ट्रोल फार्मको काम हो ।

बिहीबार सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एक व्यक्तिले आफू र अन्यले छ महिनाअघि हैटीबाट अमेरिका आएको र त्यस समयमा अमेरिकी नागरिकता प्राप्त गरेको दाबी गरेका छन् ।

उनले आफूहरूले जर्जियाका धेरै काउन्टीहरूमा कमला ह्यारिसलाई भोट हालिरहेको बताएका छन् । फुल्टन काउन्टीका अधिकारीहरूले भने अनुसार ड्राइभर लाइसेन्समा देखाइएको नामका कुनै पनि भोटर दर्ता भएको फेला परेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राफेन्स्परगरले आफ्नो कार्यालयले राज्य र संघीय साझेदारहरूसँग मिलेर स्रोत पत्ता लगाउन प्रयास गरिरहेको बताएका छन् । X का मालिक एलोन मस्क तथा अन्य सामाजिक सञ्जाल प्लेटफर्मका नेतृत्वलाई भिडियो हटाउन आग्रह गरेका छन् ।

यो भिडियो एक अज्ञात X खाताबाट पोस्ट गरिएको थियो । जसले पहिले पनि रूसी प्रभाव समूहबाट गलत सूचना फैलाएको क्लेमसन विश्वविद्यालयको मिडिया फरेन्सिक्स हबका सह निर्देशक र रूसी गलत सूचना विशेषज्ञ डेरेन लिनविलले बताए।

राष्ट्रिय गुप्तचर कार्यालय, एफबीआई र साइबर सुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सीले वक्तव्य निकालेर यो भिडियो रूसीहरूको सिर्जना हो भनेको थियो ।
अमेरिकी चुनावको विश्वसनीयता माथि आधारहीन प्रश्नहरू उठाउन र अमेरिकनहरू बीच विभाजन बढाउन प्रयास गर्ने रुसको रणनीतिको एक हिस्सा भएको वक्तव्यमा भनिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com