राष्ट्रपतिमा निर्वाचितहुने बलियो आधार बनेको छ : ह्यारिस


प्रकाशित मिति : कार्तिक १४, २०८१ बुधबार

अमेरिकामा राष्ट्रपति पदका डेमोक्रयाटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसले आफु निर्वाचित हुने वलियो आधार तयार भएको बताउनु भएको छ ।

विस्कॉन्सिनका मतदातालाई संबोधन गर्दै उहाँले भन्नुभयो : हामी जित्दैछौ । उहाँले प्रतिश्पर्धी ट्रम्प लोकतन्त्रका लागि खतरा रहेको दोहोराउनु भयो ।

ट्रम्पले जीते पहिलो दिन शत्रुको सूचि तयार हुनेछ तर मैले जीते अमेरिकनहरुको जीवनयापनको खर्च घटाउने सूचि बन्नेछ उहाँले कार्यक्रममा संबोधनका क्रममा भन्नुभयो ।

ह्यारिसले गर्भपतन र स्वास्थ्य सेवासहितका मुख्य नीति क्षेत्रहरूमा आफ्नो योजना प्रस्तुत गर्दै बालबालिकाको हेरचाह खर्च घटाउने, साना व्यवसायहरूका लागि कर कटौती गर्ने, स्वास्थ्य सेवाको लागत घटाउने बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वास्थ्य सेवामा पहुँच अधिकार हुनुपर्छ । धनीहरूका लागि विशेषाधिकार होइन उहाँले विस्कॉन्सिनको सभामा भन्नुभयो ।

पहिलो पटक भोट हाल्न लागेकाहरुलाई विशेष सन्देश दिँदै ह्यारिसले भन्नुभयो म तपाईंहरूको पुस्तालाई माया गर्छु, म तपाईंहरू सबैलाई माया गर्छु ।

तपाईंहरूको शक्ति देख्छु । तपाईंको भोट तपाईंको आवाज हो, र तपाईंको आवाज तपाईंको शक्ति हो युवाहरुलाई संबोधन गर्दै ह्यारिसले भन्नुभयो ।

विस्कॉन्सिनका मानिसहरूलाई मतदान गर्न आह्वान गर्दै उहाँले यो राज्य जीतको लागि निर्णायक भएको बताउनु भयो । गाजामा युद्धको अन्त्य चाहेको बताउदै उहाँले यसका लागि आफ्नो सम्पूर्ण प्रयास गर्ने बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com