युरोपमा नयाँ आवागमन प्रणाली नोभेम्बरमा पनि लागु नहुने, अनलाइन यात्रा अनुमति २०२५ मा


प्रकाशित मिति : आश्विन २८, २०८१ सोमबार

Passkontrolle Passport control signage

Photo by Daniel Schludi

युरोपियन युनियन अन्तरगतका देशहरुमा नयाँ आवागमन प्रणाली नोभेम्बरबाट पनि लागु नहुने भएको छ । आगामी नोभेम्बर १० बाट नयाँ आवागमन प्रणाली लागु गर्ने तय गरिएकोमा अब उक्त मितिमा नयाँ आवागमन प्रणाली लागु नहुने निश्चित भएको हो । यस अगाडि फ्रान्स, जर्मनी र नेदरल्यान्ड्सले नोभेम्बरको म्यादसम्ममा आफ्नो ईईएस प्रणालीहरू तयार पार्न नसक्ने बताएका थिए ।

अब प्रणालीको चरणबद्ध कार्यान्वयन हुने सम्भावना रहेको छ भने थप विवरणहरू आगामी हप्ताहरूमा प्रदान गरिने अपेक्षा गरिएको छ । ईईएस नामको नयाँ स्वचालित आईटी प्रणाली युरोपियन युनियनमा आवतजावत गर्ने युरोपियन युनियनभन्दा बाहिरका तेस्रो देशका नागरिकहरुका सन्दर्भमा लागु गर्ने योजना बनाइएको छ ।

यो प्रणाली पासपोर्टको हालको म्यानुअल स्ट्याम्पिङलाई प्रतिस्थापन गर्न डिजाइन गरिएको हो । अहिलेको प्रणालीमा समय धेरै लाग्ने र व्यक्ति ओभरस्टे भए नभएको थाहा पाउन छुट्नसक्ने भएकाले नयाँ प्रणालीको विकाश गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ प्रणालीले यात्रुको नाम, यात्रा कागजातको प्रकार, औँठाको छाप र अनुहारको तस्वीर लगायतका बायोमेट्रिक डाटा र प्रवेश तथा निस्कने मिति र स्थान दर्ता गर्नेछ। प्रणालीले यो डाटा पाँच वर्षको अवधिको लागि भण्डारण गर्नेछ।

प्रणालीले आफ्नो अधिकृत बसाइको अधिकतम अवधि नाघेका यात्रुहरुको सहजै पहिचान गर्न मद्दत गर्नेछ। उनीहरुको विगतको बसाईको अवधि प्रणालीले नै हिसाब गर्ने भएकाले यो अहिलेको प्रणालीभन्दा सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

blue flag on pole near building

यस प्रणालीले थप सटीक र समयसापेक्ष जानकारी प्रदान गरी सीमा व्यवस्थापन सुधार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । प्रणालीले दर्ता प्रक्रियालाई स्वचालित बनाएर सीमा क्रसिङलाई गति दिनेछ । विमानस्थलमा लामो लाइन बस्ने झन्झटको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यो बाहेक अमेरिकी नागरिकहरू लगायत अन अराइभल भिसाका लागि योग्य हुनेले सन् २०२५ को मध्यदेखि युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु पर्ने प्रावधान पनि ल्याइदै छ । युरोपियन युनियनले यात्रा अनुमतिका लागि अनलाइनबाट आवेदन दिनुपर्ने प्रणाली लागु गर्नमा ढिलाई गरेपछि यो प्रावधान सन् २०२५ को मे पछि लागु हुने भएको छ ।

युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम अन्तरगत अमेरिकीहरूले भविष्यमा युरोपको अधिकांश भागमा यात्रा गर्न योग्य हुन अनलाइनबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ । यो यात्राका लागि स्वीकृति लिनुपर्ने अमेरिकी इलेक्ट्रोनिक प्रणाली इस्टासँग मिल्दोजुल्दो छ।

यात्रा सुरक्षा प्रणालीको लागि ठेकेदारहरूले गरेको ढिलाइको कारणले गर्दा सुरुमा मे २०२३ मा लागु हुने तय भएको कार्यक्रम पटकपटक सारिएको थियो । तर आवागमन प्रणाली पूर्ण रूपमा सञ्चालन नगरी काम गर्न नसक्ने भएकोले स्थगित गर्नु बाहेक अर्को विकल्प नरहेको जनाइएको थियो ।

नयाँ प्रणाली लागु भएपछि ६० भन्दा बढी देशका करिब १ दशमलव ४ बिलियन मानिसले भविष्यमा यात्राका लागि आवेदन दिनुपर्नेछ । यी देशहरुमा अमेरिका र अन्य देशहरू जस्तै युनाइटेड किंगडम, क्यानडा, न्यूजील्याण्ड, अल्बानिया, युक्रेन आदिका नागरिकहरू पनि छन्। आवेदन शुल्क ७ युरो लाग्नेछ, जुन विश्वको सबैभन्दा सस्तो यात्रा अनुमतिका लागि आवेदन हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com