सेप्टेम्बर ११ को हमला यसरी सम्झदैछन् नेपाली

‘आकासे भवनका ठूला एलिभेटर छिर्दा म हिजो आज सोफोकेसन भएको अनुभूती गर्छु । सकभर एक्लै चढ्न नपरे हुन्थ्यो भन्ने लाग्छ । यी आलिशान अग्ला आकासे महलहरु बनाउने होडबाजी नगरेपनि हुन्थ्यो जस्तो लाग्छ । तर मेरो भावनाले उनीहरुको ब्यापारलाई रोक्न सक्दैन । त्यो पनि मलाई थाहा छ । म मन बोल्छु र यो क्षण बोलिरहेको छु । तर मेरा सहकर्मी मित्रहरुको चिहानको आसपासमा धनको खोज र खेती हुन्छ । हामी भावना बोल्छौं तर उनीहरु ब्यापार गर्छन् । नेपाल या अमेरिकाको अन्य राज्यहरुबाट आफन्त या साथीसंगीहरु आउँदा उहाहरुको घुम्ने ठाउहरुको लिष्टमा प्रायजसो ग्राउण्ड जिरो अर्थात् पहिलोको वल्र्ड टे्रड सेन्टर पर्ने गर्छ । म निरन्तर बिलखबन्दमा पर्छु । खुलेर भन्न सक्दिन – ‘किन घुम्न जानु मेरा सहकर्मीहरुको चिहान ?’ मेरा साथी डाक्टर प्रदीप भट्टराईले सधै नेपालबाट लेख्ने गर्छन् – ‘साथी बोनसको जीवन पाएका र बाचेका छौ । असल र अर्थपूर्ण काम गर है ।’ मेरी श्रीमति प्राय जसो सेप्टेम्बर ११ को मेमोरियल सेरेमोनीमा जान रुचाउदैनन् । उनी भन्ने गर्छिन् – ‘बुढा, तिमी मञ्चमा चढेर रुन्छौ मात्र । के हेर्नु पुरुषको आँशु ?’ आँशु आखिर आँशु नै हो । कहाँ रोकिदो रहेछ र ? जसको आँखाबाट वर्षिय पनि मन दुखेर या पग्लेर झर्ने आँशुको रंग शायद उस्तै हुन्छ  होला ।’

न्युयोर्कमा भएको आतंककारी हमलामा संयोगले बाँचेका शैलेश श्रेष्ठले सेप्टेम्बर ११ को विहान यसरी स्मरण गरे त्यो सपना जस्तो भयानक विहानलाई । १६ वर्ष अगाडिको एउटा विहान । सधै व्यस्त रहने अमेरिकको न्यूयोर्क शहर । विहानीको उज्यालोसंगै शहरको व्यस्तता बढ्दै थियो । त्यही समयमा विहानको ८ बजेर ४६ मिनेट जाँदा म्यानहटनमा रहेको गगनचुम्बी जुम्ल्याहा भवनको उत्तरी टावरमा आत्मघाती हमलाकारीले जहाज ठोक्काए । त्यसको झण्डै १५ मिनेट पछि जुम्ल्याहा भवनकै दक्षिणी टावरमा अर्को जहाज ठोक्काइयो । जहाज पेन्टागन र पेन्सिलभानियामा पनि खसालिएको थियो, तर सबैभन्दा ठूलो क्षति न्यूयोर्कमा भयो । अल कायदाको हमलाका कारण १५ मिनेट अगाडिसम्मको शान्त र व्यस्त न्यूयोर्क कोलाहलमा परिणत भयो । जताजतै भागदौड मच्चियो । ट्वीन टावर गल्र्यामगुर्लुम ढल्यो । विश्वको सबैभन्दा ठूलो शहरको नाभीस्थल चिहानमा परिणत भयो । झण्डै ३ हजार जनाको एकै चिहान भयो । ट्वीन टावरमा काम गर्नेहरुमात्र होइन, हमलापछि बचाउन भन्दै गएका ३ सय ४३ जना अग्नी नियन्त्रकहरुले पनि आफै जलेर ज्यान गुमाउनुप¥यो । अरुको ज्यान बचाउन भन्दै गएका ६० जना प्रहरीको समेत मृत्यु भयो । यो घटनामा ७ हजारजना घाइते भएका थिए ।

ट्वीन टावरमा आक्रमण हुदा त्यहाभित्र र आसपासमा केही नेपालीहरुले पनि काम गर्थे । तर संयोगबश उनीहरु सबैजना बाच्न सफल भए । त्यो विभत्स र भयानक घटना सम्झदा अहिले उनी उनीहरुको जिउमा काडा उम्रन्छ । एउटा भयानक सपना जस्तो लाग्छ उनीहरुलाई । जब सेप्टेम्बर ११ को घटनाको याद आउछ, भयानक सपना पछि ब्यूझेजस्तै गरी झस्किन्छन् उनीहरु । त्यतीबेला ट्वीन टावर भित्रै काम गर्ने र आसपासमा काम गर्ने चारजना नेपालीहरु थिए । संयोगबश कसैले पनि मृत्युसंग हार्नुपरेन ।  ट्वीन टावरको १०६ र १०७ औं तल्लामा रहेको रेष्टुरेन्टमा काम गर्ने शैलेश श्रेष्ठ निकै ठूलो संयोगले बाँचे । त्यसदिन काम गर्ने तालिका बदलिएकाले उनको ज्यान जोगिएको हो । नत्र उनीसंगै काम गर्ने सबैजनाको ज्यान जाँदा उनीमात्र बाँच्न सम्भव थिएन । त्यसैले उनलाई नया जिन्दगी पाएको अनुभव भइरहेको छ अहिले । शैलेश भन्छन– ‘शायद दिन नआएकाले त्यस्तो संयोग परेर बाँच्न सफल भएं ।’

नेपाली मुलकी दार्जिलिङकी युली चेनले पनि त्यतीबेला ट्वीन टावरभित्रै रेष्टुरेन्टमा का गर्थिन् । उनले भने त्यतीबेला निकै नजिकबाट देखिन् मृत्युलाई । ट्वीन टावरभित्र छिरिसकेपनि काम गर्ने १०६ तलामा पुग्न नभ्याइसकेका कारण उनको ज्यान जोगियो । आक्रमणपछि ज्यान जोगाउनका लागि भाग्न खोज्दा उनी नराम्रोसंग भूइमा पछारिइन् । सयौं मानिसले कुल्चिए उनलाई । तर एकजना प्रहरीको सहयोगले निकै मुस्किलले बाच्न सफल भइन् युली । त्यसैदिनदेखि उनलाई मृत्युदेखि डर लाग्न समेत छाडेको छ ।  युलीमात्र होइन, युलीका भाइ सिम पनि ट्वीनटावरभित्रै काम गर्थे । तर उनको ज्यान पनि शैलेशकै जस्तो संयोगले जोगियो । त्यसदिन उनको काम गर्ने तालिका परिवर्तन भएकाले मात्रै उनी बाच्न सफल भएका हुन् । सिम भन्छन् – ‘यदि त्यस्तो संयोग नपरेको भए यो जिन्दगी पाउने थिइन , त्यसैले मलाई सबै घटना सपना जस्तो लाग्छ ।’

उनीहरुमात्र होइन, ट्वीन टावरकै छेउ आफ्नै ल फर्म खोलेका अधिवक्ता केशव शेडाईले पनि मृत्युलाई निकै नजिबाट देखे । त्यसदिन अलिक अबेरसम्म सुतेकालेमात्र उनी बाच्न सफल भए, नत्र के हुन्थ्यो भन्न सकिने अवस्था थिएन । मान्छेहरु झ्यालबाट हाम्फालेको र आफ्नै अगाडि वल्र्डट्रेड सेन्टर सेन्टर ढलेको दृश्य सम्झदा अहिले पनि झस्किन्छन् उनी ।

त्यस्तै वल्र्डट्रेड सेन्टर नजिकैको रेष्टुरेन्टमा काम गर्ने कल्पना पन्त पनि निकै मुस्किलले बाच्न सफल भइन् ।  त्यसैले घटना सम्झदा अहिले पनि भक्कानो फुट्छ उनको । भागदौडमा उनलाई पनि सयौं मान्छेले कुल्चिए । बल्लतल्ल उठेर स्टेटन आइल्याण्ड पुग्दा उनले आफूलाई आफैले चिन्न नसक्ने अवस्था आएको थियो । घर फर्कदा छोरोले उनी ज्यूदै रहेको कुरा समेत पत्याउन सकेन । भूत आएजस्तो गरी उनले खुवाएको खाना समेत खाएन । यो घटनापछि धेरै दिनसम्म कल्पनाले खाना खान पनि सकिनन् । उनलाई दुईवर्षसम्म त टे«न चढ्न पनि निकै डर लाग्यो । काममा पनि जान सकिनन् । अझै पनि कतैबाट ठूलो आवाज आयो भने तर्सिन्छिन् उनी ।

सानो संयोगले मात्र बाचेका यि नेपालीहरुमात्र हैन, त्यतिबेला न्यूयोर्कमा बस्ने सबै नेपालीहरुलाई ट्वीन टावर आक्रमणको घटना सपना जस्तो लाग्छ । आक्रमण लगत्तै अधिकांशले घटनाबारे थाहा पाएका थिए । घटनापछि आफन्तलाई फोन गर्ने मात्र हैन, आफू बाचेकोमा रुवावासी समेत चल्यो । घरबाहिर निस्कन समेत डराउने अवस्था आयो ।  रिजवुड निवासी श्री पराजुलीले १० मिनेटपछि घटना थाहा पाउदा उनलाई सुरुमा पत्याउनै मुस्किल प¥यो । उनकी रुम पार्टनर सोनिया हेरिसले फोनमार्फत जानकारी दिएपछि टेलिभिजन अन गरेर हेर्दा कुनै चलचित्रको दृश्य जस्तो लाग्यो उनलाई । पछि काममा जाँदा एशीयन मुलुकको भएकाले खतरा हुनसक्ने भन्दै उनलाई डर समेत देखाइयो ।

डाक्टर विनोद शाह सेप्टेम्बर ११ का दिन एकदिनका  लागि मात्र न्यूयोर्क बाहिर गएका थिए । उनले जुम्ल्याहा भवनमा आक्रमणको १० मिनेटभित्रै थाहा पाए । जब एकपछि अर्को जहाज ठोक्किएको खबर आयो, तब उनले हंशले ठाउ छाड्यो । हत्त न पत्त न्यूयोर्कमा रहेको परिवारलाई फोन गरे । परिवार सकुशल रहेको थाहा पाएपछि बल्ल उनले राहतको स्वास फेरे । दुईदिन अगाडिसम्म ठिङग उभिएको जुम्ल्याहा भवन दुईदिनपछि न्यूयोर्क आएर हेर्दा भग्नावशेषमा परिणत भइसकेको थियो ।  ट्वीन टावर आक्रमणको यो घटनापछि कैयन नेपालीहरु धेरैदिनसम्म आक्रमणस्थलमा जान समेत सकेनन् । नजिकबाट आक्रमण देखेका कैयनले धैरे दिनसम्म राम्ररी खाना खान समेत सकेनन् । भग्नावशेशमा मान्छेका लाश पुरिएकाले केहीदिनसम्म आक्रमणस्थल वरपर लाशको समेत गन्ध आउने गरेको बताउछन्, प्रत्यक्षदर्शीहरु ।

खसोखास अर्काइभबाट

मङ्लबार, भदौ २६, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री