एनआरएन अमेरिकाको नयाँ नेतृत्वलाइ शर्तसहित बधाइ


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

– राम सि पोखरेल

केही बिवाद र केही अन्यौलपछि अन्तत एनआरएन अमेरिकाको निर्वाचन सम्पन्न भएको छ ।

तत्काल निर्वाचन नै नहुने हो कि भन्ने परिस्थितीसम्म धकेलीएको एनआरएन अमेरिकाको निर्वाचन अहिले सम्पन्न हुनु मात्रैपनि आँफैमा एउटा उपलब्धी हो । निर्वाचन सम्पन्न गर्न सकरात्मक भुमिका खेल्नुहुने सबैलाइ म हृदयदेखि नै धन्यवाद दिन चाहान्छु ।

यसैक्रममा , यो निर्वाचनमा मलाइ अध्यक्षको रुपमा देख्न चाहानु हुने र मत दिनु हुने सम्पुर्ण एनआरएन अमेरिकाका सदस्यहरुलाइ म बिशेष धन्यवाद दिन चाहान्छु । कुनै राजनैतीक छाता बिना र कुनै निश्चीत समुह वा गुटबिना प्राप्त गरेको मतको मैले उच्च मुल्याकंन गरेको छु । हरेक व्यक्ति र मत मेरालागी अमुल्य छन । त्यसमाथी कुनै ‘राजनैतीक सफटवेयर’ , कुनै ‘कम्युटर सफटवेयर’ र कुनै ‘गुटगत सफटवेयर’को ‘म्यानीपुलेशन’बिना पाएको मतले मेरोलागी ठुलो अर्थ राख्छ ।

बिवाद र तनावका बिच कत्तीपनि बिचलीत नभइ निर्वाचन सम्पन्न गर्न अहोरात्र खटीनु हुने निर्वाचन समितीका प्रमुख बन्दिता दाहालका साथै उहाँको टिमका सम्पुर्ण सदस्यहरुको योगदानकोपनि म उच्च मुल्याकंन गर्छु । र , यो निर्वाचनमा बिजयी हुनु हुने अध्यक्ष डा केशब पौडेल लगायत सम्पुर्ण पदाधिकारी तथा कार्यसमितीका सदस्यहरुलाइपनि म हृदयदेखि नै बधाइ दिंदै सफल कार्यकालको कामना गर्दछु ।

बधाइसँगै मेरा केही शर्त वा आग्रहहरु छन । एनआरएन अमेरिकालाइ बलीयो , बिवादरहित , अभिबाजीत र प्रभावकारी बनाउने शर्त वा आग्रहहरु ।

निर्वाचन एउटा प्रजातान्त्रीक प्रक्रिया हो । म यो प्रक्रियालाइ सधैं सम्मान गर्छु । निर्वाचनका क्रममा के कस्ता बिकृतीहरु भए , यसमा म अनभिज्ञ भने छैन । बिकृतीहरु भएको प्रमाण हुँदा हुँदैपनि बिकृतीहरुलाइ आधार बनाएर निुहँ खोज्ने पक्षमा म छैन । तर यसको यो अर्थ होइन कि आगामी दिनहरुमापनि उस्तै बिकृतीहरु गर्न नयाँ नेतृत्वलाइ छुट छ । एनआरएन अमेरिकालाइ बलीयो र एकताबद्ध बनाउन स्विकारीएको परिणाम र दिइएको बधाइ, कुनै ब्ल्याकं चेक होइन ।

बलीयो , बिवादरहित , अभिबाजीत र प्रभावकारी एनआरएन अमेरिकाको कल्पना गरिरहँदा हामीले सर्वप्रथम आत्ममुल्याकंन गर्नु जरुरी छ । हामीले विगतमा गरेका गल्तीहरुको पहिचान र तीनको मुल्याकंन नगरीकन , भविष्यमा राम्रो एनआरएन अमेरिकाको कल्पना गर्न सकिदैन । भन्ने र चाहाने एउटा कुरा तर गर्ने अर्कै कुराले हामीलाइ फेरिपनि कमजोर , बिवादीत र प्रभावबहीन संस्थाको बाटोतर्फ धकेल्छ । यसैले म नवनिर्वाचीत एनआरएन अमेरिकाका साथीहरुलाइ पहिले आत्ममुल्याकंन गर्न र बिगतका कमी कमजोरीहरुको समिक्षा गर्न आग्रह गर्दछु । जितको खुशी त होला , तर करीब तीनलाख सदस्य छन भनीएको संस्थामा पन्ध्र हजारपनि सदस्य नहुनु र त्यसमध्येपनि दशहजार मत समेत नखस्नुले बिजेताहरुको मनलाइ चसक्क घोच्नै पर्छ । खसेका मत मध्येपनि हार्ड ड्राइभबाट फुत्त निश्केका मत हुन भने त झन यो भन्दा लाजमर्दो र मनलाइ घोच्ने कुरा के हुनसक्छ ? यसैले म अध्यक्ष लगायत नबनिर्वचीत साथीहरुलाइ , पहिलो दिन देखि नै विगतका संस्थागत वा व्यक्तिगत कमी कमजोरीहरु सच्याउने दिशामा अघि बढन आग्रह गर्दछु ।

कसैकाप्रती बढता आग्रह वा कसैकप्रती बढता पुर्वाग्रहबाट माथी उठनुस र सिंगो, बलीयो र प्रभाबकारी एनआरएन अमेरिका खडा गर्नुस , नवनिर्वाचीत साथीहरुसँग मेरो बिशेष आग्रह छ । मैले त , निर्वाचनको अभियानदेखि नै भन्दै आएको छु–नेपाली–नेपाली बिच नजोडिएको साइनो जोडने , त्यो साइनोलाइ थप बलीयो एवं प्रभावकारी बनाउने र जोडीएको त्यो बलीयो साइनोलाइ अमेरिकीहरुमाझपनि एउटा सम्पत्तीका रुपमा स्थापीत गर्ने एनआरएन अमेरिकाको मुख्य उदेश्य हुनुपर्छ । सक्षम र सिंगो नेपाली मात्रै बलीयो र प्रभावकारी नेपाली हुन्छ । म त भन्छु– नबनिर्वाचीत साथीहरु , तपाँइहरु एउटा नारा नै बनाउनुस– ‘सक्षम र सिंगो नेपाली , अनी मात्र बलीयो र प्रभावकारी नेपाली ।’

यो नारा सार्थक बनाउन मेरातर्फबाट कुनै योगदान हुन सक्छ भने म सदैव तयार छु । जिम्मेवारी दिनुस, खटाउनुस र सक्रिय बनाउनुस , म सदैव तयार छु । तर कृपया , मैले माथी भनेजस्तो आफुहरुलाइ राजनीती , गुट वा समुह र कम्युटर ‘म्यानीपुलेशन’को साधन नबनाउनुस । यसले एकछिन जीतको मजा त दिलाउँछ तर एनआरएन अमेरिकालाइ बलीयो , सिंगो र प्रभावकारीचाँही बनाउँदैन ।

मत दिएका सदस्य साथीहरु त छँदैछन , सदस्य बन्न नचाहने एनआरएन अमेरिकाप्रती उदासिन साथीहरुको उदासिनतालाइ सम्झनु होस र आफना कार्यक्रमहरु बनाउनु होस । उनीहरुलाइ हामी खराब होइनौ , छैनौ र हुनेछैनौ भन्ने सन्देश दिनुहोस । आपसी बिवाद र चलखेलले एनआरएन अमेरिकालाइ ‘लुरे’ बनाएको छ , अब तन्नेरी र हटटकाकटटा बनाउनेतर्फ लाग्नुस ।

सांँगठानीक ढाँचामा सुधार गर्नु पर्नेछ भने साँगठानीक ढाँचामा सुधार गरौं, कुनै संयन्त्र बनाउनु पर्नेछ भने मातहतमा नयाँ संयन्त्र बनाउँ , बिधानमा सुधार जरुरी छ भने बिधानमा सुधार गरौं , निर्वाचन बिधिमा सुधार गर्नुपर्नेछ भने निर्वाचन बिधीमा सुधार गरौं , सबैभन्दा ठुलो कुरा कार्यशैलीमा सुधार गरौं । संसारको सबैभन्दा शक्तिशाली देशको एनआरएन सबैभन्दा कमजोर र लुरे भएको कत्तीपनि सुहाउँदैन , सुहाएको छैन ।

मैले भन्दै आएको छु हामी जस्ता अप्रवासीहरुको कर्तव्य र दायीत्व एउटा होइन , दुइवटा राष्ट्रसँग जोडीएको छ । हामीले कर्मको मात्र सन्तुलन होइन , भावनाकोपनि सन्तुलन मिलाउनु पर्नेछ । यो सानो र सामान्य कुरा होइन । निर्वाचनमा जो जो प्रतिद्धन्द्धी भएपनि र जो जसले जितेपनि हामीसँग कर्मभुमि र मातृभूमिको भावनाको सन्तुलन मिलाउने जस्तो ठुलो जिम्मेवारी छ । यही जिम्मेवारीबोध गर्दै सिंगो , सक्षम र संगठित नेपाली बनाउने दिशामा अघि बढन म एनआरएन अमेरिकाको नयाँ नेतृत्वसँग आग्रह गर्दछु । शर्तसहित नयाँ नेतृत्वलाइ फेरिपनि बधाइ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com