मिसाइल बैज्ञानिकहरुसँग उत्तर कोरियाली नेताको रात्रिभोज, क्षेप्यास्त्र थप विकास गर्न निर्देशन


प्रकाशित मिति : भाद्र २५, २०७४ आईतबार

सोल, २५ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले यसलाई आफ्नो देशको ठूलो सफलता हो भन्दै यसप्रति सिंगो देशले नै गर्व गर्नुपर्नेमा जोड दिनुभएको हो । उत्तर कोरियाली सञ्चारमाध्यमहरुले आइतबार सो जानकारी दिएका छन् ।

उत्तर कोरियाले अन्तर्राष्ट्रिय समुदायको आग्रहको बेवास्तागर्दै आणविक परीक्षणहरु गर्दै आएको छ । उसले गतहप्ता मात्र एक शक्तिशाली आणविक परीक्षण गरेको थियो र त्यो परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी पनि भएको छ ।

उत्तर कोरियाली नेताले उक्त हाइड्रोजन बमको परीक्षणका अन्वेषक र यसमा संलग्न मिसाइल बैज्ञानिकहरुसँग शनिबार राति रात्रिभोज गर्नुभएको समाचारमा जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले ती बैज्ञानिकहरुलाई विशेष धन्यवाद पनि ज्ञापन गर्नुभएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमहरुले जानकारी दिएका पछिल्लो समाचारमा जनाइएको छ ।

उक्त रात्रिभोजसँगै उहाँले मिसाइल बैज्ञानिकहरुलाई आगामी दिनमा थप हतियारको विकासका लागि पनि निर्देशन दिनुभएको थियो । उहाँले अझै शक्तिशाली हतियार र क्षेप्यास्त्र निर्माणका लागि निर्देशन दिनुभएको समाचारमा उल्लेख गरिएको छ ।

उता उत्तरले गरेको हाइड्रोजन बम परीक्षणको समाचारलाई संसारका समाचार समितिहरुले आजसम्म पनि एक विश्व समाचारकै रुपमा सम्प्रेषण गरिरहेका छन् । ती समाचारहरुमा यो घटनाबाट संसारमा खतरा पैदा भएको मात्र नभई आणविक शस्त्रको होड बढाउने त्रासका रुपमा पनि टिप्पणी गरेका थिए ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरुले उत्तर कोरियाले गरेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका थिए । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।

पहिलेको भन्दा यस परीक्षण धेरै शक्तिशाली रहेकोले पनि विश्वमा उत्तर कोरियाको हिजोको परीक्षणले तनाव उत्पन्न गरेको बताइन्छ । उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली रहेको टिप्पणीहरु गरिएको छ ।

महासचिव गुटरेशको चिन्ता

यसैबीच संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेशले उक्त आणविक परीक्षणको घटनाले आफूलाई स्तब्ध बनाएको प्रतिक्रिया दिनुएको छ ।

उहाँले एक अन्तरवार्तामा भन्नुभएको छ– यसरी आणविक परीक्षण र त्यसमा पनि हाइड्रोजन बम नै हान्नु अत्यन्तै चिन्तापूर्ण अवस्था हो, विश्व शान्तिका क्षेत्रमा यो पछिल्ला बर्षहरुको एक सबैभन्दा नराम्रो घटना हो ।

एक फ्रान्सेली पत्रिकालाई दिनुभएको अन्तरवार्तामा उहाँले यस्तो अवस्थामा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा एकता हुनपर्नेमा जोड दिनुभएको छ ।

उहाँले भन्नुभएको छ– यो हतियारको प्रदर्शन हो र यसले संसारमा कहीँ पनि र कसैलाई पनि फाइदा गर्दैन, अबका दिनमा उत्तर कोरियालाई नाकाबन्दी लगाउने वा कारबाही गर्ने विषयमा सबै मिलेर सर्वसम्मत निर्णय नै गर्नुपर्छ ।

उत्तर कोरियामाथि नाकाबन्दी र कारबाही गर्न संयुक्त राष्ट्रसंघमा अमेरिकाले नयाँ प्रस्ताव ल्याएको छ । तर त्यस प्रस्तावमा सहमति हुन सकिरहेको छैन । यसै पृष्ठभूमिमा उहाँको यो टिप्पणी आएको हो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com