नेपालमा भएका अमेरिकनलाई चुनावको मतपत्र अक्टोबर ४ सम्म दूतावासमा बुझाउन आग्रह


प्रकाशित मिति : आश्विन ८, २०८१ मंगलबार

अमेरिकामा राष्ट्रपति चुनाव नजिकिँदै गर्दा नेपालसहित विश्वभरका अमेरिकी दूतावासहरूले विदेशमा बसोबास गर्ने अमेरिकी नागरिकहरूलाई आफ्नो अनुपस्थित मतपत्र २०२४ अक्टोबर ४ सम्म दूतावासमा बुझाउन आग्रह गरेका छन्। केही दूतावासहरूले यसका लागि फरक मिति तोकेका छन्। यो समयसीमा मतदानपत्र नोभेम्बर ५, २०२४ मा हुने चुनावको दिनसम्म अमेरिकी स्थानीय निर्वाचन अधिकारीहरूकहाँ पुग्न सुनिश्चित गर्नका लागि हो।

दूतावास र वाणिज्य दूतावासहरू मतदान स्थल नभएको र अमेरिकाबाहिर एकैदिन प्रत्यक्ष मतदान उपलब्ध नभएको पनि नागरिकहरूलाई सम्झाइएको छ। नेपालस्थित अमेरिकी दूतावासले यहाँ रहेका अमेरिकी नागरिकहरूलाई छिटोभन्दा छिटो आफ्नो मतदानपत्र बुझाउन आग्रह गरेको छ।

धेरै राज्यहरूले मतदानपत्र चुनावको दिन मतदान स्थल बन्द हुनु अघि नै स्थानीय निर्वाचन अधिकारीहरूसम्म आइपुग्नुपर्ने व्यवस्था गरेका छन्। त्यसैले विदेशमा रहेका अमेरिकी नागरिकहरूले आफ्नो मतदानपत्र स्थानीय निर्वाचन अधिकारीहरूसम्म पठाइसक्नुपर्छ।

यदि तपाईँले आफ्नो राज्यको समयसीमा भित्र दर्ता गरिसक्दा पनि अझै मतदानपत्र प्राप्त गर्नुभएको छैन भने, दूतावासले वेवसाइटमा उपलब्ध संघीय लेखन अनुपस्थित मतदानपत्र भरेर पठाउन सुझाव दिएको छ। यदि पछि नियमित मतदानपत्र आइपुग्यो भने पनि त्यसलाई भरेर पठाउनुपर्छ। अनुपस्थित मतपत्र तब गनिनेछ जब नियमित मतपत्र राज्यको समयसीमाभित्र स्थानीय निर्वाचन अधिकारीहरूसम्म आइपुग्दैन । ताकि एउटै मतको दोहोरो गणना नगरियोस्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतदान केन्द्र ।

नेपालस्थित अमेरिकी दूतावासले मतदानपत्र बुझाउन चाहनेहरूलाई अक्टोबर ४ सम्म दूतावासमा आफ्नो मतदानपत्र बुझाउन सुझाव दिएको छ। मतदानपत्रलाई स्थानीय निर्वाचन अधिकारीहरूलाई सम्बोधन गरेर राखिएको हुनुपर्छ र अमेरिकाभित्रको घरेलु टिकट वा टिकटमुक्त खाममा हुनुपर्छ। दूतावासको मुख्य प्रवेशद्वारमा अमेरिकामा निःशुल्क कूटनीतिक मार्गबाट पठाउनको लागि मतदानपत्र सङ्कलन गर्न बक्स राखिएको छ।

‘यदि तपाईंले आफ्नो मतदानपत्र काठमाडौँस्थित अमेरिकी दूतावासमा बुझाउन चाहनुहुन्छ भने, कृपया अक्टोबर ४ सम्म बुझाउन सुनिश्चित गर्नुहोस्। मतदानपत्र स्थानीय निर्वाचन अधिकारीहरूलाई सम्बोधन गरिएको र टिकट मुक्त खाममा वा पर्याप्त अमेरिकी घरेलु टिकट राखिएको हुनुपर्छ। यदि तपाईंले अमेरिकामा निःशुल्क पठाउन चाहनुहुन्छ भने, काठमाडौँस्थित अमेरिकी दूतावासले मुख्य प्रवेशद्वारमा मतदानपत्र सङ्कलन गर्ने बक्स राखेको छ,’ अमेरिकी दूतावास काठमाडौँले भनेको छ।

यदि दूतावासको समयसीमा छुट्यो भने, मतदाताहरूले आफ्नो मतदानपत्र राज्यले अनुमति दिएको खण्डमा विद्युतीय माध्यमबाट पठाउन सकिन्छ वा आफ्नै खर्चमा एक्सप्रेस कुरियर सेवामार्फत पठाउन सकिन्छ। एक्सप्रेस कुरियरमार्फत पठाइएका मतदानपत्रहरूमा साधारण हुलाक टिकटहरू हुँदैनन्, त्यसैले मतदाताहरूले नोभेम्बर ५ भित्र पठाएको सुनिश्चित गर्नुपर्छ। विस्तृत राज्यहरुको मतदान प्रक्रिया यो वेवसाइटमा हेर्न सकिन्छ।

‘नेपालको हुलाक प्रणाली प्रयोग गर्नेहरूका लागि पर्याप्त अन्तर्राष्ट्रिय टिकट राख्न र समयमै पठाउन विशेष ध्यान दिनुपर्ने दूतावासले सुझाव दिएको छ। ूयदि तपाईंले नेपाल हुलाक प्रणाली प्रयोग गर्दै हुनुहुन्छ भने, पर्याप्त अन्तर्राष्ट्रिय टिकट राख्न र समयमा पठाउन ध्यान दिनुहोस्। यस समयमा साधारण अन्तर्राष्ट्रिय मेलमार्फत पठाइएका मतदानपत्रहरू स्थानीय निर्वाचन अधिकारीहरूसम्म राज्यको समयसीमाभित्र पुग्न असम्भावना छ,’ अमेरिकी दूतावास काठमाडौँले भनेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com