उत्तर कोरियामाथि सैन्य कारबाही अपरिहार्य : ट्रम्प


प्रकाशित मिति : भाद्र २४, २०७४ शनिबार

भाद्र २४, २०७४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि सैन्य कारबाही अपरिहार्य भएको बताएका छन् । ट्रम्पका अनुसार उत्तर कोरियाली गतिविधिका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

‘उत्तर कोरियामाथिको सैन्य कारबाही अब अपरिहार्य बनेको छ,’ ट्रम्पले बिहीबार भने, ‘तर उनले यो दिन उत्तर कोरियाका लागि सबैभन्दा दु:खद दिन हुनेछ ।’ उनले उत्तर कोरियाली गतिविधिले सीमा नाघेको जनाउँदै यसलाई रोक्न अमेरिकाले जुनसुकै कदम चाल्ने जनाए । यसैबीच उत्तर कोरियाले अमेरिकाले लगाएको प्रतिबन्ध र संयुक्त राष्ट्रसंघमा लगेको नयाँ प्रस्तावको गतिलो जवाफ दिने जनाएको छ । अमेरिकाले आफूमाथि थप प्रतिबन्ध प्रस्ताव गरेर ‘भयानाक युद्ध’ निम्त्याइरहेको उत्तरले चेतावनी पनि दिएको हो ।

उत्तर कोरियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अमेरिकाले हामीमाथि विभिन्न प्रतिबन्ध र दबाबको गतिलो जवाफ हामी आफ्नै तरिकाले दिन्छौं ।’ रसियामा जारी इकोनोमिक फोरममा सहभागी दक्षिण कोरिया र जापानले ‘फोहोरी राजनीति’ भित्र्याएको आरोप लगाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com