इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीको अवस्था बिग्रँदै गएकोमा राष्ट्रसंघको चिन्ता


प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार

गत अक्टोबरमा गाजामा इजरायली आक्रमण सुरु भएदेखि इजरायली हिरासतमा रहेका प्यालेस्टिनी नागरिकहरुको अवस्थामा नाजुक बन्दै गएकोे वर्णन गर्दै द्वन्द्वमा यौन हिंसा सम्बन्धी राष्ट्रसङ्घकी महासचिव तथा विशेष प्रतिनिधि प्रमीला प्याटनले ओएचसीएचआरसहित राष्ट्रसङ्घले हालै प्रकाशित प्रतिवेदन प्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।

राष्ट्रसङ्घका विशेष प्रतिनिधिले जेलमा भएका हिंसा, अमानवीय र अपमानजनक व्यवहारका गथिविधिहरु औल्याउदैै यस्ता कार्यले मानव अधिकार तथा अन्तराष्ट्रिय कानुनको उल्लङ्घन भएकाले यस क्षेत्रमा शान्ति र स्थिरताका लागि गरिएका प्रयासहरू पनि कमजोर भएको जनाउनुभएको छ ।

उहाँले सम्बन्धित निकायलाई छिटै समस्या समाधान गरी पीडितहरूलाई आवश्यक चिकित्सा र मनोवैज्ञानिक सहयोगको व्यवस्था गर्न आह्वान गर्नुभएको छ ।

प्याटनले अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्ड अनुसार नजरबन्दको अवस्थामा अन्तर्राष्ट्रिय मापदण्ड कडाइका साथ लागु गर्न जोड दिदै इजरायली अधिकारीलाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा सान्दर्भिक अन्तर्राष्ट्रिय निकायको निर्बाध पहुँच प्रदान गर्न आग्रह गर्नु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले पद तथा सम्बद्धताको अवस्था जस्तोसुकै भएपनि न्यायको सिद्धान्त अनुसार व्याप्त असान्दर्भिक क्रियाकलापहरु नियन्त्रण गर्न सक्षम संयुक्त राष्ट्रसङ्घीय निकायद्वारा स्वतन्त्र र गहन अनुसन्धानको लागि आह्वान गर्नु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com