टोरन्टोमा बेपत्ता नेपाली विद्यार्थी प्रजलको खोजीमा सघाउन दूतावासपनि सकृय, परराष्ट्रलाई दिइयो जानकारी


प्रकाशित मिति : भाद्र ८, २०८१ शनिबार

क्यानडाको टोरन्टोबाट बेपत्ता नेपाली विद्यार्थी २२ बर्षीय प्रजल कार्कीको खोजीमा सघाउन ओटावामा रहेको नेपाली दूतावासले पनि सकृयता देखाएको छ । परिवार र समुदायका तर्फबाट आएको अनुरोधपछि दूतावासका तर्फबाट टोरन्टो प्रहरीलाई औपचारिक पत्र लेख्दै कार्कीको खोजीमा तदारुकता देखाउन अनुरोध गरिएको छ ।

२ साता अघि क्यानडामा बेपत्ता कार्कीको अवस्था अझै अज्ञात रहेपछि परिवार र समुदायमा चिन्ता बढेको छ । आफूहरुले यसबारे परराष्ट्र मन्त्रालय काठमाडौंलाई पनि सुचित गरिसकेको दूतावासले जानकारी दिएको छ । प्रहरीलाई अनुरोध गरिएको, खोजी कार्य जारी रहेको र समुदायका तर्फबाट पनि खोजीमा प्रयास भइरहेको विवरणसहित परराष्ट्र मन्त्रालयलाई जानकारी दिइएको हो ।

परिवारका तर्फबाट सामाजिक सञ्जालमा गरिएको पोष्टमा कार्की अगस्त ८ देखि बेपत्ता भएको उल्लेख गरिएको छ । पातलो शरीर भएका उनको कालो कपाल रहेको र ५ दशमलव ५ फिट उचाई रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रजललाई अन्तिम पटक ओन्टारियो स्कारबोरोको वार्डन एभिन्यु र सेन्ट क्लेयर एभिन्यु ईष्ट वरपर देखिएको थियो । कसैसँग कुनै जानकारी भएका वा उनलाई देखेमा तुरुन्तै टोरन्टो पुलिसलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

उनी अध्ययनका लागि क्यानडा आएको जनाइएको छ । दुई वर्षअघि क्यानडा आएका उनी टोरन्टो क्षेत्रको एउटा कलेजमा अध्ययनरत छन् । उनको स्थायी घर नेपालमा झापा रहेको जनाइएको छ ।

साथीहरुसँग बस्दै आएका उनको बेपत्ता हुनु केहीदिन अगाडिसम्म परिवारसँग सम्पर्क भइरहेको जनाइएको छ । घरबाट बुबा बिरामी भएको जानकारी दिदै घरमा आउन आग्रह गरेको केहीदिनपछि उनी सम्पर्कविहिन भएका हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com