बेइजिङ+३० को विश्वव्यापी समीक्षा गर्न राष्ट्रिय सम्मेलन हुदै


प्रकाशित मिति : श्रावण ३१, २०८१ बिहीबार

बेइजिङ+३० को विश्वव्यापी समीक्षा गर्न राष्ट्रिय सम्मेलनको विश्वव्यापी समीक्षा भइरहेको अवस्थामा नेपालका तर्फबाट समीक्षा प्रतिवेदन तयार गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय सम्मेलन हुदैछ ।

महिलाको नेतृत्वमा सञ्चालित गैरसरकारी संस्थाको राष्ट्रिय महिला सञ्जाल संस्था बियोन्ड बेइजिङ कमिटी (बिबिसी) नेपालले पत्रकार सम्मेलन गरी सम्मेलन गर्न लागेको जानकारी दिइएको हो ।

सन् १९९५ मा चीनको राजधानी बेइजिङमा ( ४–१५ सेप्टेम्बर) आयोजित संयुक्त राष्ट्रसङ्घीय चौथो विश्व महिला सम्मेलनले विश्व महिला आन्दोलनको पछिल्लो महत्त्वपूर्ण उपलब्धि भएको र यसले महिलाको मानवअधिकार, महिला र बालिकाको सशक्तिकरणसँग सम्बन्धित बेइजिङ घोषणा र कार्यमञ्चले १२ वटा सरोकारका सवालहरू पारित गरेको थियो ।

त्यसमा महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिलाविरुद्ध हिंसा, महिला र सशस्त्र सङ्घर्ष, महिला र अर्थतन्त्र, शक्ति र निर्णयमा महिला, महिला विकासका लागि संस्थागत संयन्त्रहरू, महिलाको मानव अधिकार, महिला र सञ्चार, महिला र वातावरण र बालिबा गरी १२ वटा क्षेत्र रहेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त सरोकारसहित यस वर्ष दुईवटा सवालहरूलाई जलवायु परिर्वत र महिला ज्येष्ठ नागरिक रहेका छन् ।

प्रदेश स्तरीय बेइजिङ+३० को विश्वव्यापी समीक्षा गर्न राष्ट्रिय सम्मेलन को समीक्षाबाट प्राप्त उपलब्धि, चुनौती, सिफारिस, नवोदित सवालहरू र विज्ञहरूद्वारा तयार गरिएको मसौदा दस्तावेजको तथ्याङ्कहरुलाई थप समीक्षा गरी प्रमाणीकरण गर्ने काम सम्मेलनले गर्ने बिबिसीका अध्यक्ष कृष्णकुमारी वाइवाले जानकारी दिनुभयो ।

विगत पाँच वर्षमा नेपालमा सरकारी, गैरसरकारी र निजी क्षेत्रले महिलाका सवालमा गरेका कार्यक्रमहरूको समीक्षा गर्दै नागरिक समाजको समानान्तर प्रतिवेदन तयार गरि संयुक्त राष्ट्रसङ्घमा नागरिक समाजको तर्फबाट पेश गर्न “काठमाण्डौ घोषणापत्र” जारी गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रिय सम्मेलनबाट पारित भएको घोषणापत्रलाई नेपाल सरकारका सबै तह, निकाय र क्षेत्रमा पैरवी गर्न यो दस्तावेजको उपयोग गरिने बताइएको छ ।

लैङ्गिक समानता, बालिका र महिला सशक्तिकरणको सवाललाई थप जोडका साथ महिला र बालिकाको आवाज स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन अवसर प्रदान गर्नेछ ।

सम्मेलनले बेइजिङ घोषणा र कार्यमञ्च कार्यान्वयन गर्नका लागि नेपाल सरकारले हस्ताक्षर गरी प्रतिबद्धता गरे बमोजिम हरेक पाँच वर्षमा त्यसको प्रगति, कार्यान्वयन गर्दा सामना गरेका चुनौती, अवसर र कार्यान्वयन गर्न बाँकी रहेका सवालगत कार्यको बारेमा आवधिक समीक्षा प्रतिवेदन नेपाल सरकार र नागरिक समाजका तर्फबाट तयार गरी, आगामी वर्ष संयुक्त राष्ट्रसङ्घको महिलाको स्थितिसम्बन्धी आयोगको ६९ औँ सत्रमा पेश गर्नुपर्ने व्यवस्था छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com