जापानी प्रधानमन्त्री किशिदाद्धारा पार्टी नेताको चुनाव नलड्ने घोषणा


प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार

जापानका प्रधानमन्त्री फुमियो किशिदाले पुन निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ ।

सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचन नलड्ने निर्णय किशिदाले गर्नुभएको बताइएको छ । यो संगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको छ ।

पार्टीलाई नयाँ सुरुवात दिने उदेश्यले आफुले नयाँ निर्वाचन नलड्ने निर्णय गरेको ६७ वर्षीया किशिदाले बताउनु भयो । उहाँले सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन भएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।

उहाँको पार्टी भ्रष्टाचार र घोटालाको आरोपमा फसेको बेला किशिदाको समर्थन जापानमा पनि घट्दै गएको देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसबाहेक किशिदा सरकारले बढ्दो मुद्रास्फीति, जापानी मुद्रा घट्ने जस्ता समस्या पनि सामना गरिरहेको छ ।

किशिदाको पार्टीमा पनि उहाँको नेतृत्वमा आमनिर्वाचन जित्ने हो कि होइन भन्ने शंका छ ।

निर्वाचन विश्लेषकहरूले बीबीसीलाई जापान अहिले पुस्ता परिवर्तनबाट गुज्रिरहेको र सत्तामा रहेको पार्टी आफ्नो छवि सुधार गर्न संघर्ष गरिरहेको बताएका छन ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com