युद्धमा गाजाका झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त


प्रकाशित मिति : श्रावण १८, २०८१ शुक्रबार

Israel Palestinians

अक्टोबरमा गाजा युद्ध सुरु भएयता झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

गाजा पट्टीमा १ लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ राष्ट्रसङ्घीय स्याटेलाइट सेन्टरले भनेको छ, यसमध्ये ३० प्रतिशत ध्वस्त, १२ प्रतिशत गम्भीर क्षति, ३६ प्रतिशत मध्यम क्षति र २० प्रतिशत सम्भवतः क्षतिग्रस्त भएका छन् ।

यो यस क्षेत्रका कूल संरचनाको करिब ६३ प्रतिशत हो । हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएको थियो ।

आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ९७ व्यक्तिको मृत्यु भएको थियो । आक्रमणका क्रममा हमासका लडाकूहरूले दुई सय ५१ बन्धकलाई पनि कब्जामा लिएका छन् । यसमध्ये एक सय ११ अझै पनि गाजामा बन्धक छन् र ३९ जना मारिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हमास विरुद्ध इजरायलको प्रतिशोध अभियानमा गाजामा कम्तीमा ३९ हजार चार सय ८० को मृत्यु भएको छ । युनोस्याटले गाजा पट्टीमा द्वन्द्वबाट उत्पन्न कूल भग्नावेशषको मात्रा लगभग चार करोड १९ लाख ५० हजार मेट्रिक टन रहेको बताएको छ ।

सन् २००८ देखि प्यालेस्टिनी क्षेत्रमा भएका विगतका सबै द्वन्द्वको कूल तौलभन्दा १४ गुणा बढी भग्नावशेषको परिणाम यस द्वन्द्वले निम्त्याएको छ ।

एजेन्सीले गाजा पट्टीमा प्रत्येक वर्गमिटरका लागि एक सय १४ किलोग्राम भग्नावशेष उत्पन्न भएको अनुमान गरेको छ । यसको उपग्रह इमेजरी आधारित विश्लेषणले मानवीय समुदायलाई द्वन्द्व–सम्बन्धित क्षतिको हदको मूल्याङ्कन गर्न र आपत्कालीन राहत प्रयासहरूलाई आकार दिन मद्दत गर्दछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com