२४ करोडआम्दानी गर्ने जुम्लाका मौरीपालक किसानलाई चिन्ताले छाडेन


प्रकाशित मिति : श्रावण १७, २०८१ बिहीबार

मौरी अज्ञात रोगले मर्न थालेपछि जुम्लाका मौरीपालक किसान चिन्तित भएका छन् । पहिचान नभएको रोगले मौरी मर्न थालेपछि जुम्ली किसानले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ बोलाउने भएका छन् ।

मौरी किसान र सरोकारवालाबीच भएको छलफलमा मौरी विशेषज्ञ बोलाएर मौरीमा देखिएको रोग पत्ता लगाउने र रोग निवारणको उपाय खोज्ने निर्णय भएको कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष धनजीत बुढाले जानकारी दिनुभयो ।

जिल्लाभर मौरीका घारको यकिन तथ्याङक सङ्कलन गर्ने र बर्सेनि उत्पादन हुने मह र जुम्ली महको बजारको पहिचान गर्ने विषयमा जिल्लाका सरोकारवालासँग गहन छलफल भएको छ ।

विशेषरी स्थानीय तहले मौरीपालक किसानका लागि नीति तथा कार्यक्रममै बजेटको व्यस्थापन गर्न जरुरी छ । मौरीलाई चाहिने विभिन्न स्रोतसाधनको अभावले अहिले मौरीलाई उत्पादन गर्न कठिन भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परम्परागत मौरीपालनको तरिकाले काम गर्न गाह्रो हुने भएकाले मौरी बस्नका लागि सफा घारमा हुनुपर्ने देखिन्छ ।

चरिचरन क्षेत्र घट्दै जानु, जङ्गलमा डढेलो फैलिनु, रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु र समयानुकूल घारमा सुधार नहुनुले समस्या देखिएको सहकारीका सचिव नारायण चौलागाईंको भनाइ छ ।

यहाँका आठवटै स्थानीय तहमा रहेका करिब आठ हजार मौरी घारबाट उत्पादित महको बिक्रीबाट वर्षमा २४ करोड बराबरको आम्दानी हुने गरेको कर्णाली मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले जानकारी दिनुभयो ।

हाल यहाँ उत्पादित मह प्रतिमानाको एक हजार पाँच सयदेखि दुई हजारसम्म बिक्री हुने गरेको सहकारी संस्थाका अध्यक्ष दीपबहादुर मल्लले जानकारी दिनुभयो । तर उचित चरण क्षेत्र अभावले समस्या बढ्दै गएको कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत लछिराम महतको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीपालन व्यवसायमा देखिएको समस्या समधान गर्न मौरी अनुसन्धान केन्द्र गोदावारीबाट विज्ञ ल्याउन पहल गरिने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com