रुस र युक्रेनबिच चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि पहल गर्न भारतसंग अमेरिकाको आग्रह
प्रकाशित मिति : श्रावण १, २०८१ मंगलबार
NEW YORK, NEW YORK – JANUARY 31: U.S. President Joe Biden gives a speech on infrastructure at the West Side Yard on January 31, 2023 in New York City. President Biden traveled to New York to speak about how the passage of the the bipartisan infrastructure law will help fund the Hudson River tunnel project and improve reliability for the 200,000 passenger trips per weekday on Amtrak and NJ Transit. Michael M. Santiago/Getty Images/AFP (Photo by Michael M. Santiago / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)
रुस र युक्रेनबिच चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि पहल गर्न अमेरिकाले भारतसंग आग्रह गरेको छ ।
अमेरिकाले भारतलाई रुससँगको लामो समयदेखि रहेको सम्बन्धलाई उपयोग गर्दै राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अन्त्यको पहल गर्न आग्रह गरेको हो ।
अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले पत्रकार सम्म्लनमा दिल्ली–मस्कोको बलियो सम्बन्धलाई उल्लेख गर्नुका साथै पुटिनलाई संयुक्त राष्ट्रको बडापत्रको सम्मान गर्न आग्रह गर्नुभयो ।
रुससँग भारतको लामो समयदेखि सम्बन्ध रहेको हामी सबैलाई थाहा छ । हामीले भारतलाई रुससँगको त्यो लामो समयदेखि रहेको सम्बन्धलाई चलिरहेको द्वन्द्व अन्त्य गर्नका लागि उपयोग गर्न आग्रह गर्दछौ मिलरले भन्नुभएको छ ।
राष्ट्रपति पुटिनलाई युद्धको अन्त्य गर्दै न्यायपूर्ण, स्थायी शान्ति खोज्न आग्रह गर्न भारतलाई प्रोत्साहित गरेका छौं ।
हालै मस्कोको आधिकारिक भ्रमणमा आउनुभएका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुभएको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ताका क्रममा प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि शान्ति “सबैभन्दा महत्त्वपूर्ण“ रहेको बताउनुभएको थियो ।
उहाँले युद्धको मैदानमा कुनै समाधान नभएको र बम, बन्दुक र गोलीको बिचमा शान्ति वार्ता सफल नहुने बताउदै द्वन्द्व अन्त्य गर्न आग्रह पनि गर्नुभएको थियो ।






