ब्रिक्समा उत्तर कोरियाकै चर्चा


प्रकाशित मिति : भाद्र २०, २०७४ मंगलबार

भाद्र २०, २०७४- बढ्दो भूराजनीतिक तनावबीच ब्राजिल, रूस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह ब्रिक्सका नेताहरूको सम्मेलन चीनको सियामेनमा जारी छ । सम्मेलनमा विश्वका तीव्र गतिमा अर्थतन्त्रको विकास गरिरहेका ५ देशका नेता एउटै मञ्चमा उभिएका छन् ।

आइतबार सुरु ३ दिने सम्मेलनमा आर्थिकसम्बन्ध सबैभन्दा महत्त्वपूर्ण मुद्दा हुने बताइए पनि उत्तर कोरियाको हाइड्रोजन बम परीक्षणले बैठकलाई प्रभावित पारेको जनाइएको छ । यसले तथा भारत र चीनबीचको सीमाका कारण उत्पन्न तनावलाई समेत ओझेलमा पारेको सञ्चारमाध्यमले जनाएका छन् । सम्मेलनका क्रममा खासगरी आर्थिक तथा व्यापारिक विस्तार, कोरियाली प्रायद्वीपमा जारी तनाव, बेल्ट एन्ड रोड इनिसिएटिभ तथा नयाँ विकास बैंकसम्बन्धी मुद्दा प्राथिमिकता साथ उठेका छन् ।

आर्थिक तथा व्यापारिक विस्तार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संरक्षणवादी आर्थिक मुद्दा अघि सारिरहेका छन् । उनले प्रशान्त क्षेत्रस्तरीय व्यापार सम्झौता (ट्रान्स प्यासिफिक पार्टनरसिप) बाट अमेरिकालाई अलग गरिसकेका छन् । ट्रम्पले उत्तर अमेरिकी देशसँगको व्यापार सम्झौताका लागि वार्ता सुरु गरे पनि चीनले भने फरक धारणा राखेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले निकट व्यापारिक सम्बन्धबाट आत्तिनु नपर्ने बताएका छन् ।

ब्रिक्स देशका व्यापारी तथा उच्च अधिकारीलाई सम्बोधनका क्रममा उनले भने, ‘हामीले खुला विश्व अर्थतन्त्रको पक्षमा जोड दिँदै व्यापारमा उदारीकरणलाई प्रवद्र्धन गर्नुपर्छ । सामूहिक रूपमा नयाँ विश्वव्यापी मूल्य प्रणाली स्थापना गर्ने र विश्व अर्थतन्त्रलाई सन्तुलनमा ल्याउने कुरा निकै महत्त्वपूर्ण हुनेछ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सीले विस्तारित बजार र ब्रिक्स देशको आर्थिक विकासले अन्य देशलाई कुनै पनि हानिनोक्सानी नगर्ने बताए । उनले भने, ‘ब्रिक्सको अर्थतन्त्रले पनि विश्व अर्थतन्त्र वृद्धिमा निश्चय नै सघाउ पुर्‍याउँछ ।’ तर कतिपय देशले चीनको व्यापार नीतिको आलोचना गर्ने गरेका छन् । उनीहरूका अनुसार चिनियाँ आर्थिक तथा व्यापार नीतिले वैदेशिक व्यापारमा विभेद गरेको छ । ब्रिक्स समूहका देशले समेत व्यापारमा चीन हाबी रहेको भन्दै केही सदस्य राष्ट्रले गुनासो गर्ने गरेका छन् । चीनले केही देशसँग खुला व्यापार सम्झौताका लागि आग्रहसमेत गरेको छ । राष्ट्रपतिको निम्तोमा सम्मेलनमा भाग लिइरहेका मेक्सिकोका राष्ट्रपति एनरिके पेना निएटोसँग चिनियाँ वाणिज्य उपमन्त्री वाङ सोउवेनले यस्तो प्रस्ताव राखेका हुन् ।

‘बेल्ट एन्ड रोड इनिसिएटिभ’
हालैका दिनमा चीनले अन्तर्राष्ट्रिय सम्मेलनमा महत्त्वाकांक्षी पूर्वाधार परियोजन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई प्रमुख एजेन्डाका रूपमा उठाउने गरेको छ । बीआरआईले एसिया, युरोप तथा अफ्रिकामा पूर्वाधार निर्माण सँगसँगै व्यापार सम्बन्ध विस्तार गर्ने लक्ष्य लिएको छ । सम्मेलनको सम्बोधनका क्रममा सीले भने, ‘म विश्वस्त छु कि, बेल्ट एन्ड रोड इनिसिएटिभले सबै देशलाई फाइदा पुग्ने गरी सहकार्य गर्न एउटा अभूतपूर्व अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्नेछ ।’

बीआरआईका विषयमा भारत अहिलेसम्म मुख खोलेको छैन किनभने झन्डै ६२ अर्ब डलर बराबरको परियोजना उसको चिरप्रतिद्वन्द्वी पाकिस्तानमा कार्यन्वयन हुनेछ । भारत र पाकिस्तानबीच सीमा विवाद र सीमापार आतंकवादका विषयमा लामो समयदेखि विवाद जारी छ । दुई देशबीच दोक्लाममा जारी सीमा समस्या सम्मेलनको केही दिनअघि मात्र समाधान भएको थियो । विश्लेषकहरूले दुई देशबीचको तनाव ब्रिक्स सम्मेलनपछि पुन: सुरु हुन सक्ने टीकाटिप्पणी गरेका छन् ।

नयाँ विकास बैंक 
ब्रिक्सले विश्व बैंकको विकल्पकमा अघि सारेको ‘न्यु डेभलपमेन्ट बैंक’ (एनडीबी) को सांघाईमा मुख्यालय निर्माणको काम यसै साता सुरु भएको हो । ब्रिक्सले विश्वको आर्थिक मामिलामा अवाज बुलन्द पार्न हासिल गरेको पहिलो ठूलो उपलब्धिका रूपमा एनडीबीलाई हेरिएको छ ।

बैंकले विश्वको लगभग आधा जनसंख्या रहेका सदस्य राष्ट्रमा पूर्वाधार निर्माणमा भएको स्रोत अभावलाई पूर्ति गर्ने उद्देश्य राखेको छ । अहिलेसम्म एनडीबीले ११ विभिन्न परियोजनामा सन् २०१६ मा डेढ अर्ब र २०१७ मा अढाइ अर्ब डलर ऋण उपलब्ध गराएको छ ।

तर विश्व बैंकको तुलनामा यो एकदमै न्यून हो । साथै, चीनले एनडीबीभन्दा धेरै ठूलो एसियाली पूर्वाधार लगानी बैंकको नेतृत्व गरिरहेका कारण चीनको प्रतिबद्धतामाथि नै आशंका उत्पन्न भएको छ ।

कोरियाली प्रायद्वीपमा जारी तनाव
उत्तर कोरियाले आइतबार गरेको छैटौं परमाणु परीक्षणलाई लिएर आश्चर्य र विरोध प्रकट भएको छ । चीनको सरकारी समाचार संस्थाका अनुसार चिनियाँ राष्ट्रपतिले र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्स सम्मेलनका क्रममा भएको भेटवार्तामा उत्तर कोरियाको परमाणु परीक्षणविरुद्ध ‘उपयुक्त कदम’ चाल्ने समझदारी गरेका छन् । चीनले परमाणु परीक्षणको कडा निन्दा गर्दै ‘गलत गतिविधि रोक्न’ उत्तर कोरियालाई आग्रह गर्दै आएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले 
ट्वीटरमार्फत उत्तर कोरियासँग कारोबार गर्ने जुनसुकै देशसँग अमेरिकाले व्यापार बन्द गर्ने चेतावनी दिएका छन् । ट्रम्पको प्रतिक्रियाको निसाना चीन लक्षित देखिन्छ किनभने चीन उत्तर–कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । तर कतिपय आलोचकले तत्कालका लागि यस्तो सम्भावना नरहेको जनाएका छन् । उनीहरूका अनुसार अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन भएकाले यस्तो कदमले अमेरिकी अर्थतन्त्रलाई पनि ठूलो धक्का लाग्नेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com