मेरिल्याण्डका राज्यसांसद भण्डारीलाई अमेरिकामा विधायिकी नेशनल अवार्ड


प्रकाशित मिति : असार २१, २०८१ शुक्रबार

नेशनल एशोसियसन अफ डेफ (एनएडी) ले मेरिल्याण्डका राज्यसांसद  डा. हयारी भण्डारीलाई नेशनल लेजिष्लेटिभ ( विधायिकी ) अवार्ड प्रदान गरेको छ । अमेरिकाभरका राज्य सांसदहरुले निर्माण गरेका कानूनको प्रभावकारिताको आधारमा छनौट गरि दिईने अवार्ड भण्डारीले  प्राप्त गरेका हुन् । भण्डारी अमेरिकामा नेपाली मूलका पहिलो राज्यसांसद हुन् भने दुईपटक निर्वाचित भइसकेका छन् ।

अमेरिकाको शिकागो राज्यमा आयोजित ५७ औ नेशनल कन्भेन्सन अफ डेफमा नागरिकको अधिकारको लागि सुनिश्चित गर्दे आएका र सन् १८५० मा अमेरिकाको न्यूईग्ल्याण्डमा स्थापना भएको नेशनल एशोसियसन अफ डेफले भण्डारीलाई उक्त अवार्ड प्रदान गरेको हो । श्रवण, दृश्य शक्ति कमजोर भएका र पूर्ण रुपमा अपाङ्गता भएका लाखौ अमेरिकीहरु र उनीहरुको परिवारको लागि जीवनस्तर उकास्नको लागि वकालत गर्दे आएको उक्त संस्था अमेरिकामा  पुरानो ईतिहास वोकेको संस्था हो । उक्त संस्थाका सदस्यहरुमा युएस मेम्बर अफ दि वल्र्ड फेडेरेशन अफ दि डेफ जस अन्र्तगत एक सय विस देशका एशोसियसन अफ डेफका सदस्य रहेका छन् ।

अमेरिका र विश्वभरिवाट जम्मा भएका उक्त क्षेत्रका व्यक्तिहरुको सामु भण्डारीलाई अवार्ड प्रदान गरिएको थियो । उक्त सम्मेलन जुलाई १ देखि ६ तारिखसम्म शिकागोमा जारी छ । नागरिक अधिकारको  क्षेत्रमा विगत १७० वर्ष भन्दा वढी वर्ष देखि काम गर्दे आएको उक्त संस्थाको हरेक दुई वर्षमा हुने सम्मेलनमा अमेरिका भरवाट राज्यसांसदहरुले पारित  गरेको विधयेकको आधार र प्रभावकारितामा उक्त अवार्ड प्रदान गरिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक राज्यले पारित  गरेको विधयेकको विषयलाई अरु राज्यमा पनि प्रभावकारिताको आधारमा कानून निर्माणको लागि मार्ग प्रशस्त हुन्छ । त्यसलाई आफनो सदस्य राष्टहरुमा पनि त्यसको अध्ययन , अनुसन्धान र तथ्यांकको आधारमा प्रमाणित गर्दे सर्वस्वीकार्यताको मापदण्डलाई समेत उत्कृष्ठ नमूनाको रुपमा लिदै उक्त विधयेकलाई सन्दर्भ सामाग्रीरुपमा उपयोग गर्दे अनुवन्ध गरिन्छ । त्यसरी पारित गर्ने राज्य सांसदहरुलाई च्याम्पेनको रुपमा ईतिहासमा दर्ज गरिन्छ ।

मेरिल्याण्ड राज्यको संसदमा दोश्रो पटक निर्वाचित  डा. भण्डारीले २३ विधयेक पारित गराउन सफल भएका छन् । त्यस मध्येको एउटा विधयेक डेफ एण्ड हेयरिङ्ग सम्वन्धि विधयेक रहेको छ, उक्त विधयेकले सिनेमा घरहरुमा श्रवण शक्ति कमजोर भएकाहरुको लागि “ओपन क्याप्सन” मार्फत अडियोको सम्वाद प्रस्तुत गर्न वाध्यकारी वनाएको छ ।

पाँच वर्ष अगाडि डेलिगेट भण्डारीले श्रवण शक्ति कमजोर भएका अभिभावकहरुले आफना सन्तान सँग हुने सम्वादमा अभिभावकहरुले सांकेतिक भाषामा समस्या भएको अनुसन्धानले देखाएकोले उनीहरुलाई निः शुल्क शिक्षाको लागि समेत दुईदलीय विल रुपमा पारित गराएका थिए । साथै, उनीहरुलाई आवश्यक शैक्षिक सामाग्रीहरु पनि उपलब्ध गराउने व्यवस्था भएको थियो ।

शिकागोमा अवार्ड प्राप्त गरेपछि प्रतिक्रिया दिदै भण्डारीले भने– “नागरिकको सेवामा खटिएको र नागरिकले निर्वाचन मार्फत आवश्यक कानून वनाउन निर्वाचित गरेकाले हरेक वर्ग र तप्काको नागरिक अधिकार मेरो पहिलो प्राथमिकता हो । मैले सदैव आवाज विहीनहरुको आवाज वन्न कोशिस गर्दे आएको छु, मैले मेरिल्याण्डवाट पास गरेको विधयेकले भवितव्य या अन्य कारणले श्रवण,दृश्य शक्तिलाई गुमाउनु भएकाहरुको हक अधिकार एउटा मानव अधिकारको अभिन्न अंग हो भन्ने आत्मसात गरेर नै सो विधयेक संसदमा प्रस्तुत गरेको थिए ।आवाजविहीनहरुको आवाज वन्न चुनौतीपूर्ण हुन्छ तर म त्यसलाई आत्मसात गर्दे उनीहरुको पक्षमा वकालत गर्न सदैव तत्पर रहेको छु ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com