टी २० विश्वकप : सुपर ८ को दोश्रो खेलमा इंग्ल्यान्ड विजयी , आज भारत र अफगानिस्तानबिच खेल हुने


प्रकाशित मिति : असार ६, २०८१ बिहीबार

England’s Jonathan Bairstow hits a shot during the ICC men’s Twenty20 World Cup 2024 Super Eight cricket match between England and the West Indies at Daren Sammy National Cricket Stadium in Gros Islet, Saint Lucia, on June 19, 2024. (Photo by Chandan Khanna / AFP)

टी २० विश्वकप २०२४ को सुपर ८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको छ । उसले वेस्ट इन्डिज लाई ८ विकेटले पराजित गरेको हो ।

फिल साल्ट र जोनी विस्ट्रोको शतकिय साझेदारीमा इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा वेस्ट इन्डिजमाथि ८ विकेटको सानदार जित दर्ता गरेको छ।

जितसँगै इंग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा उक्लेको छ। दक्षिण अफ्रिका दोस्रो स्थानमा छ। अंक विहीन अमेरिका तेस्रो र वेस्ट इन्डिज चौथो स्थानमा छन्।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्यान्डले २ विकेटको क्षतिमा भेटायो । लक्ष्य भेटाउने क्रममा ओपनर फिल साल्टले ८७ र जोनी बेयरस्टोले ४८ रनको अविजित पारी खेले ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

(तस्बिर चन्दन खन्ना/एएफपी)

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेशले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८० रन बनाएको थियो ।

वेस्ट इन्डिजको जारी विश्वकपमा पहिलो हार हो । समूह चरणमा सबै चार खेलमा अपराजित हुँदै सुपर ८ मा आइपुगेको थियो ।

इंग्ल्यान्ड र वेस्ट इन्डिज सुपर ८ को समूह २ मा छन् । यो समूहमा अरु दुई टोली अमेरिका र साउथ अफ्रिका रहेका छन् ।

बुधबार भएको सुपर ८ को पहिलो खेलमा अमेरिकालाई १८ रनले दक्षिण अफ्रिकाले पराजित गरेको थियो । बिहिबार साँझ भारत र अफगानिस्तानबिच खेल हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com